×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘यसबारे मलाई धेरै नबोल्नु भनेर सिकाइएको छ, यो हावा भरिएको मूल्यबारे सिएहरुको धारणाचाहिं के हो ?’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘यसबारे मलाई धेरै नबोल्नु भनेर सिकाइएको छ, यो हावा भरिएको मूल्यबारे सिएहरुको धारणाचाहिं के हो ?’

Artha Sarokar

२ आश्विन २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आफुलाई सेयर बजारबारे धेरै नबोल्नु भनेर सिकाइएको बताएका छन् । शुक्रबार नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को सपथ ग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सिएहरुसँग आफुले धेरै कुरा सिक्न चाहेको बताउँदै उनले सिएहरुलाई अर्थतन्त्रको खम्बाको रुपमा चित्रित गरेका छन् । यद्यपी उनलाई सेयर बजारबारे गरिएको ब्रिफिङ भने कस्तो रहेछ भन्ने बुझ्न कार्यक्रममा उनले दिएको भनाई नै काफी छ ।

‘यो हावा भरिएको मूल्यबारे तपाईंको धारणा के हो ?’ कार्यक्रममा सेयर बजारमा सेयरहरुको मूल्य बढेकोबारे इंकित गरी तीतो प्रतिक्रिया दिंदै उनले भने- ‘यो हावा खुस्कियो भने के हुन्छ ?’  यद्यपी उनले आफु नेपाल राष्ट्र बैंकका गभर्नरसँग पनि धेरै कुरा सिक्न चाहेको बताएका छन् । ‘यो हावा भरिएको मूल्यबारे तपाईंको धारणा के हो ? म यसबारे बुझ्न चाहान्छु ।’ उनले कार्यक्रममा भनेका छन् ।

बजेट बनाउने सिष्टम नै गलत रहेको बताउंदै उनले आफुले बनाएको बजेटलाई पनि उनले बचाउको प्रयास गरेका छन् । ‘मैले अहिले खासै नयाँ बजेट बनाएको पनि होइन । तीन प्रतिशतभन्दा कम बजेट चलाएको हो । कसैको केही घटाइदिएको पनि छैन । राजश्वको लक्ष बढाएर केही कार्यक्रम सांकेतिक रुपले थपेको हो । अध्यादेश बजेट खासै चलाइएको छैन । तैपनि केही न केही सम्बोधन गरौं भनेर हेर्दा, हाम्रो बजेट बनाउने सिष्टम डरलाग्दो भेटियो, योजना बनाउने प्रचलन हेर्दा कहालीलाग्दो अवस्था पाँए । देशलाई कति सडक चाहिने हो ? कुन सडक कति लेनको हुनुपर्नेहो ? यसको कुनै मानक पालना भएको पाइएन । जो आयो त्यसले आफ्नै मनमौजी तरिकाले सडकको बजेट हाल्ने गरेको पाइयो । सबै मन्त्रालयका सचिवहरुलााई बोलाएर मैले सोधें पुँजीगत बजेट किन खर्च भएन ? सचिवहरुले भन्नुभयो कि चाहिने ठाउँमा बजेट छैन नचाहिने ठाँउमा हालेको बजेट कसरी खर्च गर्ने ? यस्तो रहेछ बजेटको अवस्था ।’ कार्यक्रममा उनले भने

देश बनाउन आफैंले नदिएको रहेछ भन्ने बुझेको बताउँदै उनले अरुले देश बनाउन दिएनन् भन्ने कुरा गलत रहेको बताएका छन् । ‘अरुले हाम्रो देश बनाउन दिएनन् भन्थे त्यो कुरा सत्य होइन रहेनछ । हामी आफैले नबनाएको रहेछ । । तर म त्यो प्रचलन तोड्नेछु । स्वदेशमै उद्योग धन्दा खुल्ने वातावरण बनाउछु । यसको लागि पििन इमान्दारिता नै प्रमुख कुरा हुँदो रहेछ । भित्रैदेखिको इमान्दारिता चाहिनेरहेछ । देश बनाउने इमान्दारिता । इमान्दार छैन भने बाहिरबाट उठेका प्रश्नहरुको सामना गर्न सकिँदैन । मसँग त्यो आँट छ । म हरेक प्रश्नहरुको सामना गर्न तयार छु किनकि मैले इमान्दारितापूर्वक देश बनाउने कुरा गरेको छु ।’ उनले भने । हेर्नुहोस् भिडियो:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी