×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आफ्नो अभिव्यक्तिबारे अर्थमन्त्रीको स्पष्टीकरण-‘अर्थमन्त्रीले बोलेर ‘त्यो जात’ घट्ने बढ्ने हो र ?’ तर ‘त्यो जात’ भनेको के ?

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आफुले केहि समय अगाडी दिएको अभिव्यक्तिको बचाउ गरेका छन् । मंगलबार अर्थशास्त्र केन्द्रिय विभाग त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको सरकारको पुँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी सम्बन्धि कार्यक्रममा अर्थमन्त्री शर्माले आफुले बोलेको कुराको गलत अर्थ लगाइएको आरोप लगाएका हुन् । उनले ‘आफुलाई यसबारेमा धेरै नबोल्न सिकाएको’ भन्दै ‘हावा भरिएको मूल्यमा तपाईंहरुको धारणा के छ ‘? भनेर सिएहरुलाई प्रश्न गरेका थिए । तर सो अभिव्यक्ति आफुले मूल्यको विषयलाई लिएर दिएको दाबी अर्थमन्त्रीले गरेका छन् ।

यदी सो अभिव्यक्ति सेयर बजारबारे दिइएको थिएन भने उनलाई मूल्यका बारेमा नबोल्न कसले भन्यो त ? भन्ने विषयमा भने उनले केहि पनि बोलेनन् । उल्टै अघिल्लो भनाईको खण्डन गर्दैगर्दा उनी चुके । ‘त्यो जात’ भन्ने शब्द प्रयोग गरेर उनले ‘मन्त्रीले बोलेर घट्ने बढ्ने हो र त्यो जात ?’ भनेर प्रतिप्रश्न गरे । यसले उनले सेयर बजारलाई इंकित गरिरहेको छ भन्ने प्रष्ट हुन्छ ।

कार्यक्रममा उनले आफ्नो अभिव्यक्तिको प्रष्टीकरण दिने त प्रयास गरे, तर उनले आफ्नो अभिव्यक्तिमा सेयर शब्दको उच्चारण भने गरेनन् । सेयरको मूल्यलाई इंकित गर्दै उनले ‘त्यो जात’ भन्ने शब्द प्रयोग गरेर सोधे, ‘मन्त्रीले बोलेर घट्ने बढ्ने हो र त्यो जात ?’ यसपटक अर्थमन्त्रीले ‘त्यो जात’ भन्दा धरैले बुझे- अर्थमन्त्रीले सेयरलाई नै भनेका हुन् ।

अर्थमन्त्री स्वयमले ‘मन्त्रीले भनेर घट्ने बढ्ने हो र त्यो जात ?’ भन्नुले उनले अघिल्लोपटक पनि आफुले सेयर बजारकै बारेमा बोलेको भन्ने बुझिने गरी अभिव्यक्ति दिएका छन् । तर चौतर्फी विरोध भएपछी उनले आफुले मूल्यका बारेमा मात्र अभिव्यक्ति दिएको भन्दै आफ्नो बचाउ गरेका थिए । उनको अभिव्यक्तिका कारण बजार घटेको आरोप लागिरहेका बेला ‘मन्त्रीले बोल्दैमा घट्ने-बढ्ने हो र त्यो जात ?’ भनी उनले दिएको अभिव्यक्तिले उनले अघिल्लोपटक सेयर बजारकै बारेमा प्रस्ट गरेको छ । यद्यपी पछिल्लो कार्यक्रममा उनले आफुले सेयर बजारका बारेमा नबोलेको आशय दिन खोजेका थिए ।

कार्यक्रममा बोल्दै उनले मन्त्रीले बोलेको देखाएर भित्रभित्रै चलखेल भएकोसमेत दाबी गरेका छन् । अनि मन्त्रीले बोलेको देखाएर भित्रभित्रै चलखेल भएको चीजचाहिं के हो ? सेयर बजार हो वा अरु केहि हो ? यस विषयमा उनले केहि पनि बोलेनन् । यसले पनि अघिल्लोपटक उनले सेयर बजारबारे नै आफ्नो अभिव्यक्ति दिएको प्रष्ट हुन्छ ।

अर्थ सरोकारको बुझाउने प्रयास थियो- अर्थमन्त्रीले यसरी जथाभावी बोल्नु हुँदैन । अन्तत: अर्थमन्त्रीले यो तथ्य बुझेको भान भएको छ । अर्थमन्त्रीले घुमाईघुमाई यस विषयमा बोलेर, आफुले सेयरका बारेमा बोलेकै होइन भन्न खोजेर, फेरी मैले बोलेर उनकै भाषामा ‘त्यो जात’ घट्ने बढ्ने हो र ?’ भनेर आफ्नो अभिव्यक्तिको खण्डन पनि गरेजस्तो र आफुले बोल्दैमा सेयर बजार बढ्ने वा घट्ने हुँदैन भन्ने तर्कसमेत दिने प्रयास गरेका छन् ।

खैर, बुझ्न गाह्रो छैन अर्थमन्त्रीले अघिल्लोपटक सेयर बजारलाई नै इंकित गरेर आफ्नो धारणा राखेका थिए । र चौतर्फी विरोध भएपछी उनले आफ्नो भनाई सच्याउन खोजे । तर अझ ढंग पुर्याएनन् । राम्रो कुराचाहिं के छ भने अर्थ सरोकारले उनको अभिव्यक्ति सार्वजनिक गरिदिएपछी उनलाई उनी निकट सल्लाहकारले पनि सेयर बजारका बारेमा नेगेटिभ नबोल्न पुन: सम्झाएका छन् । उनको सोहि अभिव्यक्ति सार्वजनिक भएपछी आफ्नो विरोधलाई मत्थर पार्न उनले भीष्मराज ढुंगानाको छानविनको प्रतिवेदन बुझ्दै आफु लगानीकर्ताको पक्षमा रहेकोसमेत बोलेका छन् । यसले अव अर्थमन्त्री सेयर बजारको पक्षमा लाइनमा आए भन्ने बुझ्न गाह्रो छैन । र हाम्रो प्रयास पनि त्यहि थियो ।

मन्त्रीले बोलेकै विषयलाई लिएर कतिपयले अर्थ सरोकारले मन्त्रीले बोलेको कुरालाई अपव्याख्या गरेको समेत आरोप लगाएका थिए । यहि कुरालाई लिएर सामाजिक संजालमा अर्थ सरोकारको कतिपयले विरोध पनि गरेका थिए । तर बुझ्नेले बुझे- ‘अर्थमन्त्रीले बोलिहाले… पछी होइन भनेर सच्याउन खोज्दा पनि भाती पुर्याएनन् । जे होस्, अव अर्थमन्त्रीले बजारका बारेमा नकारात्मक कहीं कतै नबोल्ने भने पक्कापक्की भएको छ र उनले सेयर लगानीकर्ताको पक्षमा आफु सकारात्मक भएको भन्ने भनाईले सेयर बजारलाई पनि पक्कै सकारात्मक दिशातर्फ लैजाने देखिन्छ ।

यसअघि पनि बुझ्नेले अर्थमन्त्रीले गलत बोले भनेकै हुन् । नबुझ्नेले अर्थ सरोकारलाई गाली गरेकै हुन् । तर हाम्रो एउटा प्रयासले अर्थमन्त्रीले विरोधकै बीच सेयर बजारसँग पोजेटिभ भए । त्यो बजारका लागि निकै महत्वपूर्ण र सकारात्मक कुरा हुन सक्छ भन्ने कुरामा कुनै दुईमत छैन ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: