×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टिप्पणी : अर्थमन्त्रीज्यू ! लगानीकर्ताको पक्षमा बोल्नुस् ! लगानीकर्ताले दिएको मूल्यलाई हावासँग नदाज्नुस् !

काठमाडौं । शुक्रबार आइक्यानको सपथ कार्यक्रम थियो । कार्यक्रमका प्रमुख अथिति थिए अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभावकर । सुरुमा सेयर बजारसँग निकै पोजिटिभ देखिएका अर्थमन्त्रीले पछिल्लो समय लगानीकर्ताका माग सम्बोधन गर्न नखोजेको जस्तो देखिएको थियो । जसका कारण उनको विरोध पनि भईरहेको थियो । उनले सो कार्यक्रममा पनि सेयर बजारका बारेमा केहि बोल्छन भन्ने लागेर हामी कार्यक्रममा पुगेका थियौं। सिएहरुको कार्यक्रम भएकाले बजारबारे केहि पोजेटिभ कुरा आउँछ भन्ने थियो ।

कार्यक्रममा सेयरको प्रसङ्ग निस्कियो बरिष्ट चार्टड एकाउन्टेन्ट टिआर उपाध्यायबाट । उनले अहिलेको सेयर बजारबारेमा आइक्यानले धारणा दिनुपर्ने आशय राखेका थिए । यो सब सुनिरहेका अर्थमन्त्रीले यस विषयमा बोल्नेछन् भन्ने अपेक्षा सबैको भयो ।

कार्यक्रममा अर्थमन्त्रीले कुरा सुरु गरे । बजेटको विषयमा उनले आफ्नो धारणा राखे । सिएहरुको काम र आइक्यानको भूमिकाका बारेमा पनि धारणा राखे । पूर्ववत रुपमा बोलेका वक्ताहरुले उठाएका कुराहरुका बारेमा पनि बोले ।

उनले ठ्याक्कै सेयर बजार भन्ने शब्द त बोलेनन् तर टिआर उपाध्यायले बजारबारे आइक्यानले धारणा राख्नुपर्छ भन्ने कुरालाई सम्बोधन गर्दै सेयर बजारलाई इंकित गरेर लगानीकर्ताहरुलाई अपाच्य हुनेगरी बोले । उनले हावा भरिएर बढेको मूल्यका बारेमा तपाईंहरुको धारणा के हो भनेर सिएहरुलाई प्रतिप्रश्न गरे । उनले यसबारेमा धेरै नबोल्न आफुलाई सिकाइएको भनेका छन् । यसले पनि उनले सेयर बजारका बारेमा गलत बुझेका छन् र बुझाउनेले गलत बुझाएका छन् भन्ने बुझ्न गाह्रो छैन ।

अर्थमन्त्रीले सकेसम्म सबै लगानीकर्ताको हितमा बोल्नुपर्छ । त्यति नसकेपनि लगानीकर्ताहरुलाई अत्याउनु हुँदैन भन्ने कुरामा हाम्रो जोड थियो र छ । लगानीकर्ताका माग सम्बोधन नभएको भन्दै अहिले लगानीकर्ताहरु आन्दोलनमा समेत छन् । यस्तो परिस्थितिमा अर्थमन्त्रीले उल्टै सिएहरुका माझ यस्तो प्रश्न गर्नु गलत भयो भनेर हामीले समाचार प्रकाशन र प्रशारण गरेका हौँ ।

तर कतिपय माओवादीका कार्यकर्ताले आफ्नो नेताको विरोध गरेपछि यस विषयमा हामीलाईसमेत गाली गरेका छन् । लगानीकर्ताले सहजै बुझ्न सक्छन, अर्थमन्त्रीलाई सेयरका बारेमा गर्नुपर्नेले गलत ब्रिफिङ गरेका छन् । केहि दिन अघिमात्रै पनि उनको सचिवालयले बजार घटे घटोस् हामीलाई मतलव छैन भनेको भन्ने समाचारहरु विभिन्न मिडियामा सार्वजनिक हुनुले पनि उनलाई गलत बुझाइएको छ भन्ने बुझ्न गाह्रो छैन । तर माओवादी कार्यकर्ताहरु सेयर बजारका बारेमा अर्थमंत्रीले गलत बोले है भनेर हामीले समाचार लेख्दा हामीमाथि नै खनिन थालेका छन् ।

हामी स्पष्ट छौं, बजारलाई स्वतन्त्र रुपमा छोडिनुपर्छ र अर्थमन्त्रीले सार्वजनिक रुपमा बजारमा प्रभावपार्ने गरी अभिव्यक्ति दिनु हुँदैन । अहिले लगानीकर्ताले गरेको विरोधपछी सायद उनले यो कुरा केहि हदसम्म बुझे पनि होलान । तर अर्थमन्त्रीले जे भने, त्यो कुनै पनि मानेमा सहि हुनै सक्दैन ।

यतिबेला लगानीकर्ताहरु प्यानिक अवस्थामा छन् । यो बेला को कुन पार्टीको नेता भन्दा पनि लगानीकर्ता अत्याउने गरी कसैले पनि अभिव्यक्ति दिनु हुँदैन भन्ने कुरामा सबैले हेक्का राख्नुपर्छ । अर्थमन्त्रीले पनि त्यो बुझ्नुपर्छ । अर्थमन्त्रीले फेरी पनि यसरी बजारका बारेमा भ्रम पर्ने गरी बोले भने बरु हामी फेरी पनि प्रशारण गर्नेछौँ, ती बाइटहरु । किनकि मैले तँलाई गाली गरेको छैन तर तेरो अनुहारचाहिं कुकुरकै जस्तो छ भन्ने शैलीमा सेयर भन्ने शब्द ननिकालेर सेयर बजारलाई असर गर्नेगरी अर्थमन्त्रीले जसरी अभिव्यक्ति दिएका छन्, त्यो गलत छ । अर्थमन्त्रीले जे भनेका छन्, त्यो तथ्य के सिएहरुको कार्यक्रममा सिएहरुले बुझेनन् होला र रु पछिल्लो समय सेयर बजारमा सिएहरुको ठुलो लगानी छ । के यसले बजारलाई असर गर्दैन होला र ? बुझ्न जरुरी छ ।

अव लगानीकर्ताका पक्षमा बोलिरहँदा, अर्थमन्त्रीले गलत भने है, भनेर समाचार लेख्दा गाली खाइन्छ भने हाम्रो भन्नु केहि छैन । तर फेरी पनि भन्छौं, त्यस्तो गैरजिम्मेवार अभिव्यक्ति कसैले दिन्छ भने लगानीकर्ताका अगाडी हामी ल्याउँछौं, ल्याउँछौं । किनकि लाखौँ लगानीकर्ताको लगानी भएको बजारमा र लगानीकर्ताले नै दिएको मूल्यलाई हावा भरिएको वा यस्तै कुराहरु भन्ने अधिकार कसैलाई हुनु हुँदैन। बाँकी त लगानीकर्ताहरुलाई यहि अनुरोध हामीलाई जति गाली गरेपनि हुन्छ, तर अर्थमन्त्रीको कुरा सुनेर र त्यसलाई गलत बुझेर आफ्नो अमूल्य सम्पत्ति सस्तोमा नबेच्नुहोला । यो बुलिस बजारमा सेयर बजार धेरै माथि पुग्न बाँकी नै छ ।हेर्नुहोस् भिडियो:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: