×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंक अफ काठमाण्डू र सिद्धार्थ बैकको बाउन्स चेक दिने २ जना पक्राउ, कसलाई कति जरिवाना ?

काठमाडौं । बैकिङ कसूरको मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका-२९ बस्ने ३६ वर्षीय बिनम श्रेष्ठ र काठमाडौं महानगरपालिका- १४ बल्खु बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका- १ घर भएका ४८ वर्षीय प्रकाश श्रेष्ठलाई मंगलबार पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले दुवै अभियुक्तलाई काठमाडौंको असन र रुपन्देहीबाट पक्राउ गरेको हो । उक्त मुद्दामा बिनमलाई अदालतबाट ७ दिन कैद र १७ लाख ६५ हजार रुपैयाँ जरिवाना र प्रकाशलाई ५ दिन कैद र ११ लाख ५० हजार जरिवाना तोकिएकोमा उनीहरू फरार रहेका थिए ।
उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितहरूलाई झुक्यानमा पारी बैंक अफ काठमाण्डू र सिद्धार्थ बैकको चेक दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको ब्यूरोले बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: