काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ । भ्रष्टाचारको आरोप आकर्षित हुने काम गरेको तथ्य/प्रमाण भेटिएपछि उनलाई बर्खास्त गर्ने तयारी गरिएको हो । भ्रष्टाचारको आरोप आकर्षित हुने गरी आर्थिक कारोबार गरेको, पदीय आचरण र पेशागत मर्यादा विपरीत नातेदारका नाममा शेयर खरीद गरेको र सार्वजनिक वित्तीय अनुशासन विपरीत हुने गरी बोर्डका लागि जग्गा खरीद भन्दै रकम भुक्तानी गरेको फेला परेपछि उनलाई छानविन समितिको सिफारिसमा अन्तत: बर्खास्त गर्ने तयारी गरिएको हो ।
छानबीन समितिले करीब २५० पेजको प्रतिवेदन तयार गरेको छ । जसमा बोर्डका अध्यक्ष ढुंगानालाई भित्री कारोबारमा संलग्न हुनुका साथै नियामक निकायको प्रमुखका रूपमा भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष निकालिएको छ ।
‘अख्तियारमा परेको उजुरीदेखि उनलाई लागेका आरोपहरुबारे पनि छलफल भयो । अख्तियारमा ससुराली खलकका आफन्त र साथीहरूको नाममा शेयर नै उठाएको भनी उजुरी परेको थियो । यो आरोपबारे बुझ्दै जाँदा सर्वोत्तम सिमेन्टमा विवादित समयमा उनको थर मिल्ने अरू नाममा पनि शेयर कारोबार भएको भेटिएको छ ।’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘अव ढुंगानालाई बचाउने कुनै पनि ठाउँ देखिंदैन । ‘
स्रोतका अनुसार ढुंगाना भित्री कारोबारमासमेत संलग्न देखिएका छन् । ‘छानविनका क्रममा उनी भित्री कारोबारमा संलग्न भएको आरोप पुष्टिसमेत भएको छ । ५१ वटा कम्पनीको सूची निकाल्दा ठुलो चलखेल भएकोसमेत छानविनका क्रममा देखिएको स्रोतको दाबी छ। ‘बोर्डले ५१ कम्पनीबारे सूचना निकालेपछि ठुलालगानीकर्ताले ती सेयरमा हात नै लाएनन् । भित्री कारोबारको योजस्तो स्पष्ट उदाहरण अरू हुनै सक्दैनन ।’ स्रोतले भन्यो ।
चौतर्फी रुपमा कैफियत देखिएपछि ढुंगानालाई धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ (७) अनुसारको कसुरमा कारबाही गर्न सिफारिश भएको छ । उक्त उपदफामा ‘अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्याई बोर्डको हित वा पूँजीबजारको विकास विपरीत हुने गरी कामकारबाही गरेमा सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गरी समितिको सिफारिशमा निजलाई अध्यक्षको पदबाट हटाउन सक्नेछ’ भन्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार उनलाई बर्खास्त गर्न सिफारिस गरिएको हो । साथै ऐनको दफा ११ मा शेयर कारोबारमा संलग्न व्यक्ति अध्यक्ष र सदस्य हुन मिल्दैन भन्ने व्यवस्थालाई टेकेर पनि उनलाई बर्खास्त गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्