Skip to content
LAXMI SUNRISE BANK

योग्य सबै कम्पनीहरुलाई ब्रोकर लाईसेन्स दिने धितोपत्र बोर्डको तयारी, प्रस्तावसहितको नियमावली अर्थ मन्त्रालयमा पुग्यो

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले अब योग्य सबै कम्पनीहरुलाई ब्रोकर लाईसेन्स दिने भएको छ । बोर्डले योग्य सबै कम्पनीहरुलाई ब्रोकर लाईसेन्स दिने गरी अर्थमन्त्रालयमा प्रस्ताव गरेको बोर्डका प्रमुख कार्यकारी निर्देशक तथा कामू प्रमुख निरज गिरीले बताएका हुन् ।
मंगलबार आन्दोलनरत सेयर लगानीकर्तासंगको वार्तामा गिरीले ब्रोकरको संख्यामा सिमित नगरी योग्य सबै कम्पनीहरुलाई ब्रोकर लाईसेन्स दिने बताएका हुन् ।
‘संख्या तोक्दा सबैलाई आरोप लाग्ने हुँदा अब संख्या नतोकी मापदण्ड पुरा गर्ने सबै कम्पनीलाई ब्रोकर लाईसेन्स दिन हामीले प्रस्ताव गरेका छौं’ उनले भने ‘चाँहे ती कम्पनीहरु बैंकका सहायक कम्पनीहरु हुन् वा अन्य कम्पनीहरु हुन् सबैलाई लाईसेन्स दिनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो र प्रस्तावसहितको नियमावली हामीले अर्थ मन्त्रालयमा पठाएका छौँ अब त्यो नियमावली मन्त्रालयबाट पास हुने बित्तिकै कार्यान्वयन हुन्छ ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK