×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा ठिक पर्नुहोस् है ! असोज ११ गतेदेखि बुद्धभूमि नेपालले सर्वसाधारणका लागि ८ लाख कित्ता आइपीओ बिक्रीमा ल्याउँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पैसा ठिक पर्नुहोस् है ! असोज ११ गतेदेखि बुद्धभूमि नेपालले सर्वसाधारणका लागि ८ लाख कित्ता आइपीओ बिक्रीमा ल्याउँदै

Artha Sarokar

४ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । असोज ११ गतेदेखि बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्य दरमा ८ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो । जसमध्ये ५% अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी