Skip to content
LAXMI SUNRISE BANK

बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको ४ लाख कित्ता आइपिओ बाँडफाँट, भाग्यमानी ४० हजार जनाले पाए सेयर

अर्थ सरोकार

नुवाकोट । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । कम्पनीले नुवाकोट जिल्लाका स्थानिय वासिन्दाका लागि जारी गरेको ४ लाख कित्ता बराबरको ४ करोडको आईपीओ भाद्र ३१ गतेको दिन कम्पनीका पदाधिकारीहरुको रोहवरमा बाँडफाँट गरेको हो । कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि भाद्र १५ गते सम्म सेयर बिक्री खुल्ला गरेको थियो ।

माग गरिएको भन्दा अधिक कित्ताका लागि आवेदन परेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । माग गरिएको ४ लाख कित्ताका लागि ३२,०९,१०३ कित्ता वराबरको आवेदन परेको थियो । आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।

आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि माग गरिएको ४ लाख कित्ताका लागि ३२,०९,१०३ कित्ता बराबरको आवेदन गर्नु हुने आवेदकहरु मध्ये बैध आवेदक संख्या ४९,३१० मा न्युनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ४०,००० आवेदकहरुलाई बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडका पदाधिकारीहरुको रोहवरमा गोलाप्रथाको विधिबाट बाँडफाँट कार्य सम्पन्न भएको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK