काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा ३० करोड १२ लाख बराबरको आवेदन परेको छ । कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि सेयर बिक्री खुल्ला गरेको थियो । अन्तिम दिन भाद्र १५ गतेसम्ममा ४ लाख ८६ हजार २ सय ६२ जना आवेदकहरुबाट ३० करोड १२ लाख कित्ताका लागि आवेदन माग भएको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।
अन्तिम रुजू भइनसकेकोले उक्त डाटामा केही परिवर्तन हुन सक्ने समेत क्यापिटलले जनाएको छ । कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । हालसम्म निष्कासित सेयरको ७५३ प्रतिशत बराबरको सेयर बिक्रि भइसकेको छ । आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो । आवेदन गर्ने अन्तिम म्याद यहि भाद्र १५ गते मंगलवार रहेको थियो ।
कम्पनीको आईपोओमा ज्योति विकास बैंक लिमिटेडको (बट्टार, छहरे, देउराली, रानीपौवा, महादेभफाँट, सामरी, समुन्द्रटार, त्रिशुली नुवाकोट, गल्छी धादिङ्ग) शाखा, प्रभु बैंक लिमिटेडको (बट्टार, महादेभफाँट नुवाकोट) शाखा तथा सिभिल बैंक लिमिटेडको ककनी एक्सटेन्सन काउन्टर, टोखा, चावहिल, गोङ्गबु, स्वयम्भू, कपन तथा मुख्य शाखा कार्यालयबाट आवेदन संकलन गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्