×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीबीआईएल क्यापिटल लिमिटेडले बालायो १५औं वार्षिक साधारणसभा, प्रस्तावित २५ प्रतिशत नगद लाभांश पारित गरिने

PRIME CA

सीबीआईएल क्यापिटल लिमिटेडले बालायो १५औं वार्षिक साधारणसभा, प्रस्तावित २५ प्रतिशत नगद लाभांश पारित गरिने

१२ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आगामी कार्तिक ५ गते शुक्रबार १५औं वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा बिहान ११ बजे काठमाडौंको डिल्लीबजारस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा हुने भएको छ । सभाले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २५ प्रतिशत (करसहित) का दरले ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्ताव रहेको छ । उक्त सभामा जाने प्रयोजनको लागि क्यापिटलले असोज २० गते क्लोज गर्ने भएको छ । यससँगै असोज १९ गतेसम्म कारोबार गरेका सेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन र प्रस्तावित नगद लाभांश पाउने भएका छन् ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: