×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल बैंकको बाउन्स चेक काट्ने एक जना पक्राउ, ७ दिन कैद र ६० लाख रुपैयाँ जरिवाना

काठमाडौं । बैंकिङको कसोर्को मुद्दामा प्रहरीले टंकनाथ कट्टेललाई पक्राउ गरेको छ । ईलाम देउमाई गाविस वडा नं.९ साविक जितपुर गा.वि.स. वडा नं.४ घर भई हाल बिर्तामोड न.पा.वडा नं.५ मंगलदिप बस्ने वर्ष ४३ को टंकनाथ कट्टेलललाई प्रहरीले पक्राउ गरेको हो ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी सिभिल बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट गत वर्ष माघमा बैंकिङ कसुरको सजाय तोकिएको थियो । उनलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७ (सात) दिन कैद र ६० लाख जरिवाना ठहर भएको थियो ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले निज प्रतिबादीलाई बिर्तामोड, झापाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा पेश गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: