काठमाडौँ । कक्षा १२ को परीक्षा भौतिक उपस्थितीमै शुरु भएको छ । कोरोना भाइरसको जोखिमका कारण दुई पटक स्थगित भइसकेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरुको भौतिक उपस्थितीमै आज (बुधबार) बिहान ११ बजेबाट शुरु भएको हो ।
देशभर ४ हजार ३१५ वटा परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षा असोज ८ गतेसम्म चल्नेछ । परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गराएर मात्रै कक्षाकोठामा प्रवेश गर्न दिइएको रत्नराज्य क्याम्पसका निमित्त प्रधानाध्यापक रामाशीष यादवले बताए । उनले हरेक विद्यार्थीहरुलाई तीन मिटरको दूरी कायम गराएर परीक्षा सञ्चालन गराइएको बताए ।
यस्तै विजय स्मारक माध्यामिक विद्यालयका प्रधानाध्यापक डिल्लीप्रशाद शर्माले हरेक विद्यार्थीहरुको ज्वरोको परीक्षण गरेर मात्रै कक्षाकोठामा प्रवेश गराइएको बताए । उनले कोरोनाको जोखिमबाट बच्नका लागि प्रत्येक विद्यार्थीहरुलाई मास्क र स्यानिटाइजर अनिवार्य गरेको बताए । कोरोना भाइरसको जोखिमका कारण जेठ २६ देखि असार ४ र साउन ३१ देखि भदौ ९ गतेसम्म दुई पटक कक्षा १२ को परीक्षा स्थागित भएको थियो । आजबाट देशभरका करिव पौने ४ लाख विद्यार्थीहरुले परीक्षा दिन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । हेर्नुहोस् फोटो -कथा :