×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कोरोना बीमाको भुक्तानीमा समस्या, हालसम्म ११ अर्ब बराबरको दावी

काठमाडौँ । कोरोना बीमा गरेका नागरिकले लामो समय भइसक्दासमेत भुक्तानी नपाएका कारण समस्यामा परेका छन् । अर्थमन्त्री जनार्दन शर्माका अनुसार हालसम्म रु ११ अर्ब बराबरको बीमा भुक्तानीका लागि दावी परेको छ । भुक्तानीका लागि रकम अभाव भएको भन्दै भुक्तानी दिन रोकिएको छ । उहाँले कोरोना बीमा दाबी भुक्तानीको मात्रा ठूलो भएकाले सरकारलाई समस्या परेको बताउनुभयो ।
कोरोना बीमाको दायित्वअनुसार नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिले रु तीन अर्ब ५० करोड बढी रकम बीमितलाई उपलब्ध गराएको भए पनि थप भुक्तानी हुन सकेको छैन । यस्तै, उहाँले सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन लागिएको जानकारी दिनुभयो । विद्युतीय सवारी साधनको बढावाका लागि नै मोटरसाइकलमा कर बढाइएको उल्लेख गर्नुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: