×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एक हप्तामा राष्ट्रियस्तरका विकास बैंकले ०.५९% निक्षेप संकलन गर्दा १.४६% ले कर्जा लगानी गरे

काठमाडौं । एक हप्तामा विकास बैंकहरुले निक्षेप संकलन र कर्जा लगानी दुवै सामान्य विस्तार छन् ।  डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अनुसार भदौ २६ देखि असोज १ गतेसम्मको अवधिमा राष्ट्रियस्तरका विकास बैंकले निक्षेप संकलन ०.५९% र कर्जा लगानी १.४६% ले विस्तार भएको छ ।
एसोसिएसनले असोज १ गतेसम्म निक्षेप ४ खर्ब १९ अर्ब ८४ करोड रुपैयाँ र कर्जा लगानी ३ खर्ब ७४ अर्ब १९ करोड रुपैयाँ विस्तार गरेको जनाएको हो । तथापि, क्षेत्रीयस्तरका विकास बैंकको भने निक्षेप संकलनमा सामान्य गिरावट आएको छ । क्षेत्रीयस्तरका विकास बैंकको कर्जा लगानी बढेको छ ।
क्षेत्रीयस्तरका विकास बैंकको निक्षेप संकलन एक हप्तामा ८ लाख ४० हजार रुपैयाँले मात्र घटेको एसोसिएसनले जनाएको छ । कर्जा लगानी भने १२ करोड ६६ लाख रुपैयाँले वृद्धि भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: