×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताको चर्को नारावाजीपछि वार्तामा आयो बोर्ड !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

लगानीकर्ताको चर्को नारावाजीपछि वार्तामा आयो बोर्ड !

काठमाडौं । सेयर लगानीकर्ताहरु र नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुबीच वार्ता जारी रहेको छ । विभिन्न १८ बुंदे मागसहित १० दिनदेखि आन्दोलनरत पूँजीबजार सुधार संघर्ष समिति र बोर्डबीच आज बुधबार वार्ता भएको हो ।
संघर्ष समितिका संयोजक रोहन कार्कीले केहिबेर अघिदेखि उठाएका मागहरुका विषयमा छलफल भइरहेको बताए । ‘बोर्डका पदाधिकारी र १० जना लगानीकर्ता वार्तामा छौं’ उनले भने । यद्यपि केहि समय अघि भने वार्तामा बोलाएर बोर्ड वार्ता गर्न आनाकानी गरेर ढोकानै बन्द गरेको थियो ।
बाेर्डले ढाेका नखाेलेपछि सबै लगानीकर्ताहरू कालाे टीसर्ट लगाएर नारावाजी गरेका थिए ।  समितिले भदौ २८ गतेदेखि १८ बुँदे माग राखेर पूँजी बजार सुधारका निम्ति भन्दै आन्दोलन गरिरहेको छ ।
 
यस्तो छ समतिको माग
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: