काठमाडौं । ग्लोबल आइएमई बैंक र गुल्मीका स्थानीय तहहरुबीच सम्झौता भएको छ । बैंक र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको हो ।बैंकले गुल्मीको बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मुलप्रवाहमा पँहुच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । सम्झौतामा बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ र मुसीकोट नगरपालिकाको तर्फबाट मेयर सोमनाथ सापकोटा, इस्मा गाँउपालिकाको तर्फबाट अध्यक्ष लक्ष्मणबहादुर विष्ट, मालिका गाँउपालिकाको तर्फबाट अध्यक्ष रितबहादुर थापा, मदाने गाँउपालिकाको तर्फबाट अध्यक्ष दानबहादुर के.सी र धुर्कोट गाँउपालिकाको तर्फबाट अध्यक्ष भूपाल पोखरेलले संयूक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
यस्तै हेफर नेपालको तर्फबाट बाख्रा पालन सामुदायिक विकास परियोजनाका संयोजक अनन्तराज सिलवालले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि २०७५ (संशोधन सहित) अन्तर्गत मुसीकोट नगरपालिका, इस्मा गाँउपालिका, मालिका गाँउपालिका, मदाने गाँउपालिका, र धुर्कोट गाँउपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपाल अन्तर्गतको बाख्रा पालन सामुदायिक विकास परियोजनाका लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई (प्रति ग्राहक अधिकतम् दश लाख रुपैयाँ मात्र) सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । यस्तै परियोजना अन्तर्गतका ऋणिहरुलाई हेफर प्रोजेक्ट नेपालले आवश्यक तालिमको व्यवस्था गर्ने भएको छ । बैंकले हालसम्म ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्