काठमाडौँ । धितोपत्र बोर्डका पदाधिकारीहरुलाई पूँजीबजार सुधार संघर्ष समितिले कार्यालयमै बन्धक बनाई धम्कीपूर्ण ढंगले सहमति गर्न बाध्य बनाइएको भन्दै नेपाल धितोपत्र बोर्ड, स्वतन्त्र कर्मचारी संगठनका नाममा निस्किएको विज्ञप्तिको स्वयम् सो संगठनका अध्यक्षले विज्ञप्तिको आशय त्यस्तो नभएको बताएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले आफ्नो विज्ञप्तिको आशय त्यस्तो नभएको, बन्धक जस्तो भन्न खोज्दा अघोसित बन्दक भन्ने शब्द उल्लेख भएको र प्रचार गर्नेले त्यसलाई गलत प्रचार गरेको दाबीसमेत गरेका छन् ।
‘कर्मचारीमाथि कहाँ दुर्व्यवहार भयो ? कसरी दुर्व्यवहार भयो ?’ हाम्रो प्रश्नमा संगठनका अध्यक्ष हरि भुसालले भने,’कर्मचारीलाई भ्रष्टाचारी भनियो । हामीले कहाँ भ्रष्टाचार गर्यौं र ? हाम्रो न नीति निर्माणमा भूमिका हुन्छ न केहि । हामी त बस् कर्मचारी हौँ । हामीलाई भ्रष्टाचारी भनेकोमा हाम्रो आपत्तिमात्र हो ।’
अनि बन्दक बनाएको भनिएको छ विज्ञप्तिमा, कुरा के हो ?’ हाम्रो प्रश्नमा भुसालले भने, ‘बन्धक जस्तो भन्न खोजिएको हो । बन्धक नै भन्न खोजेको होइन । हाम्रो पनि परिवार छ । हाम्रो त जागिर न हो । बेलुकी ५ बजे त घर जान पाउनुपर्यो नि ।’ ‘त्यसो भए बन्धक बनाएको चाहिं होइन ?’ भन्ने प्रश्नमा उनको जवाफ थियो- ‘बन्धक बनाएको होइन, बन्धक जसरी घर जान दिइएन भनेको मात्र हो । विज्ञप्तिको आशय गलत थिएन, प्रचार गर्नेले गलत गरे भन्न खोजेको मात्र हो ।
तपाईंको खास आशयचाहिं के हो त ?’
हाम्रो प्रश्नमा उनको जवाफ थियो- ‘हाम्रो आशय स्पष्ट छ । लगानीकर्ता बोर्डसम्म आउन नै नपरोस् । उहाँहरुको सबै समस्या समाधान होस् । लगानीकर्ताहरु बोर्डमा आउने, नाराबाजी गर्ने वातावरण नहोस् । हामीले स्पष्ट भन्न खोजेको यहि हो ।
यता बोर्डका प्रमुख निरज गिरीले पनि सो विज्ञप्तिको खण्डन गरेका छन् । विहान अर्थ सरोकारसँग कुराकानी गर्दै विज्ञप्तिबारे आफुलाई थाहा नभएको र यस विषयमा आफुसँग कुनै पनि सल्लाह नभएको उनको दाबी छ । लगानीकर्तासँग सहमति पनि भएको र कुनै दुर्व्यवहार पनि नभएको उनको तर्क छ ।
‘हामीलाई कुनै पनि दुर्व्यवहार भएको छैन । हुलमूलमा कसैले घाचाकखुचुक गर्यो होला, त्यो फरक कुरा हो । तर त्यस्तो दुर्व्यवहार नै हुने गरी केहि पनि भएको छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘विज्ञप्ति कसरी र किन आयो, त्यो मलाई थाहा भएन ।
‘सहमति त शान्त वातावरणमै भएको हो नि ?’ हाम्रो प्रश्नमा गिरीले भने, ‘एकदम शान्त वातावरणमै भएको हो । सबै कुरा भिडियोमार्फत नै बाहिर आएको छ । लगानीकर्ताहरुले कुनै खालको दुर्व्यवहार गर्नुभएको छैन । उहाँहरुसँग भएको सहमति छिट्टै बोर्डमा लगेर उहाँहरुलाई जानकारी दिने कुरा भएको छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्