×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एचआइडिसीएलको प्रमोटर सेयर लिलामीमा डरलाग्दो खेल : लगानीकर्ताको आँखामा छारो हालेर अरवौं कुम्ल्याउन चलखेल !

काठमाडौँ । जलविद्युत लगानी तथा बिकास कम्पनी लिमिटेड (एचआइडिसीएल) को प्रमोटर सेयरको लिलामी प्रक्रियामा १ करोड कित्ता भन्दा थोरै आवेदन हाल्न नपाइने सूचना निकालेर कम्पनीले निश्चित लगानीकर्तालाई रातारात अर्वपति बनाउने र बाँकी लगानीकर्ताहरुको आँखामा छारो हाल्नेगरी काम गरेको भेटिएको छ ।
एचआइडीसीएलको प्रमोटर सेयर भनेकै पब्लिक सेयर सरह कारोबार हुने जानकारी आम लगानीकर्तालाई हुँदाहुँदै पनि लगानीकर्ताको आँखामा छारो हालेर कम्पनीले १ करोड कित्ता भन्दा थोरैको आवेदन दिन नपाइने भन्दै प्रमोटर सेयरको नबिकेको हकप्रदको लिलामी खुलाएको हो । आइतबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले यस्तो मनपरी गर्न खोजेको देखिएको हो । कम्पनीका अनुसार यो लिलामी असोज ७ गते खुलेर १४ असोजमा बन्द हुनेछ । ३३०००००० कित्ता प्रमोटर राइट सेयर र ३२२९७९४ कित्ता अर्डिनरी सेयर लिलामी हुँदै गरेको कम्पनीले जनाएको छ । जसका लागि कम्पनीले व्यक्ति, संस्था तथा कम्पनीहरुबाट बिडको आह्वान गरेको छ । तर यहाँनेर नै कम्पनीले लगानीकर्ताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ । किनकि लकिङ पिरियड सकिसकेका हुनाले प्रमोटर सेयर पनि दोश्रो बजारमा पब्लिक सेयर सरह नै सोहि मूल्यमा कारोबार हुनेछ ।
कम्पनीले विनियम १० को हवला गर्दै १ करोड कित्ताको क्याप लगाएको छ । यहिनेर नीतिगत भ्रष्टाचार भएको हो । यो कम्पनीको सेयरमा १ करोड कित्ताको क्याप भएकै कारण निश्चित खेलाडीले १०० वा १०० हाराहारीमा सेयर किनेर केहि दिनमै अरवौं कमाउनेगरी खेल खेलिएको छ । १ करोड कित्ताको क्याप नभएको स्थितिमा ३०० सम्म मज्जाले सेयर किन्नेहरु थुप्रै भेटिन्छन् । ३ अर्वमा १०० रुपैयाँका दरले किनेर रातारात कमाउने योजना अनुरुप सब खेल खेलिएको आरोप कम्पनीमाथि छ । हाल यो कम्पनीको भाउ दोश्रो बजारमा ४०० हाराहारी छ ।
कुनै पनि व्यक्ति, कम्पनी र संस्थाले न्युनतम १०० मूल्य राखी सो लिलामीमा भाग लिन पाउने भनिएको छ । कम्पनीले प्रमोटर राइट सेयरका लागि न्युनतम १ करोड कित्ताले मात्र आवेदन दिन पाइने उल्लेख कम्पनीले गरेको छ भने पब्लिक सेयरको हकप्रदलाई भने १०० कित्ता न्युनतम राखी लिलामीमा आवेदन दिन पाइने भनिएको छ । तर एचआइडीसीएलको प्रमोटर सेयर भनेकै पब्लिक सेयर सरह कारोबार हुने हुँदा देखादेख लगानीकर्तालाई भ्रमित पारेर आफ्ना मान्छेलाई रातारात अरवपति बनाउने र आम लगानीकर्ताको आँखामा छारो हाल्ने काम भएको छ ।
कम्पनीले ग्लोबल आइएमइ क्यापिटललाई अक्सन मेनेजरका रुपमा नियुक्त गरेको छ ।
कम्पनीले गरेको यस्तो बदमासीबारे कम्पनीका सीइओ भने बोल्न नै चाहादैनन् । यस विषयमा बुझ्न हामीले कम्पनीका प्रतिनिधि जीवन कुमार बस्नेतलाई  फोन नै काटिदिएका छन् ।
कम्पनीले भनेको प्रमोटर सेयर कसैले १०० रुपैयाँमा किन्यो भने सो सेयर बजारमा सजिलै ३०० देखि ४०० रुपैयाँसम्म बिक्री हुन्छ । अर्थात कसैले १ करोड कित्ता १ अर्व रुपैयाँ हालेर किन्यो भने उसले सजिलै केहि दिनमै ३ अर्वदेखि ४ अर्व रुपैयाँ कमाउन सक्छ।  तर यसका लागि ठुला खेलाडी नै हुनुपर्यो । किनकि मध्यम स्तरका लगानीकर्ताहरुसंग १ अर्व रुपैयाँ हालेर सेयर किन्ने हैसियत हुँदैन ।
अझ कम्पनीले १ करोड कित्ता किन्ने लगानीकर्ताको सल्लाहमै यस्तो काम गरेको दाबीसमेत लगानीकर्ताहरुले गरेका छन् । यदी यो प्रमाणित भयो भने यो सरासर अपराध हुन जान्छ । किनकि कुनै पनि कम्पनीको सेयर लिलामीमा सेटिङ गरिन्छ भने त्यो कानुनी सजायको भागीदार हुनुपर्छ भन्ने स्पष्ट कानुन प्रचलित छ ।
‘कम्पनीले केहि लगानीकर्ताको मिलेमतोमा यस्तो काम गरेको छ।  जसमा धितोपत्र बोर्डका उच्च अधिकारीले समेत चुप बसिदिने र सो वापत बोर्डका अधिकारीहरुलाई घुमाउरो पारामा मोटो रकम दिनेगरी छलफल भएको छ। ‘ कम्पनीका एक उच्च अधिकारीले आफ्नो नाम नबताउने सर्तमा भने, ‘सर्वोत्तम सिमेन्टको काण्ड त के काण्ड हो र ? हाम्रो कम्पनीमा त्यो भन्दा डरलाग्दो काण्ड हुँदैछ । जसबाट बोर्डका हाकिम सापहरुले काठमाडौँमा एउटा घर नै जोड्ने देखिन्छ।
यस विषयमा हामीले धितोपत्र बोर्डका प्रमुख निरज गिरीले भने यसविषयमा बुझेर खबर गर्ने जनाएका छन् । यद्यपी धितोपत्र बोर्डका अन्य अधिकारीहरुले भने यो काम सरासर नाजायज भएकाले बोर्डले कम्पनीमाथि छानविन सुरु गर्नुपर्ने बताउँछन् । ‘बोर्डका प्रमुखले बुझ्छु भनेपछि मैले मेरो नाम उल्लेख गरेर भन्न मिलेन।  तर एचआइडीसीएलले जे गरेको छ, त्यो गलत छ । अझ धितोपत्र बोर्डकै अधिकारीहरुले कुन नियतका साथ यस्तो सूचना आयो भन्ने बुझेका छन् । जे भयो, त्यो गलत छ ।’ एक अधिकारीले अर्थ सरोकारसँग भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: