×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एचआईडिसिएलको संस्थापक सेयर लिलामीमा स्वतन्त्र पूँजीबजार सुधार संघको घोर आपत्ति, निर्णय सच्याउन माग !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

एचआईडिसिएलको संस्थापक सेयर लिलामीमा स्वतन्त्र पूँजीबजार सुधार संघको घोर आपत्ति, निर्णय सच्याउन माग !

काठमाडौँ । स्वतन्त्र पूँजीबजार सुधार संघले जलविद्युत लगानी तथा बिकास कम्पनी लिमिटेड (एचआइडिसीएल) को प्रमोटर सेयरको लिलामी प्रक्रियामा १ करोड कित्ता भन्दा थोरै आवेदन हाल्न नपाइने व्यवस्थाप्रति आपत्ति जनाएको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै सामान्य लगानीकर्ताको पहुँच भन्दा धेरै नै माथि लगानी गर्नुपर्ने बाध्यात्मक सिर्जना गरी केहि सिमित व्यक्तिहरुको मात्र पहुँच पुर्याउने गरी संस्थापक सेयर बिक्री गर्न खोज्नु र लिलामी बिक्रिबाट कम्पनीलाई उच्च नाफा हुने अवस्था हुँदाहुँदै पनि केहि सिमित व्यक्तिहरुको फाइदाको लागि कम्पनीको आम्दानी नियति प्रष्ट देखिएको र यसको प्रत्क्षय असर एचआईडिसीएलमा लगानी गरेका आम लगानीकर्ता, कम्पनी स्वयं र नेपाल सरकारलाई पर्ने भन्दै घोर आपत्ति जनाएको हो ।
उक्त कम्पनीको संस्थापक सेयरको लकिङ्ग पिरियड पनि सकिसकेको हुनाले अहिले दोस्रो बजारमा साधारण सेयरको हिसाबमा सहजै कारोबार गर्न सकिन्छ । ठूलो परिमाणमा सस्तो मूल्यमा सेयर खरिद गरेर दोस्रो बजारमा उच्च मूल्यमा बिक्री गर्ने योजनाप्रति संगठनको घोर आपत्ति छ । यस्तै कम्पनीलाई घाटा पुर्याउने र सीमित व्यक्तिले छोटो समयमा नै अरबौँ रुपैयाँ कमाउने यस्ता खालका नीतिगत निर्णय तुरुन्त सच्च्याउन संगठनले सरोकारवाला निकायहरुसँग जोडदार माग गरेकाे छ । यदी उक्त नीतिगत निर्णय तुरून्तै नसच्च्याइएमा सरोकारवाला सबै निकायहरुको विरुद्धमा संगठन आन्दोलनमा जान बाध्य हुने पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
आइतबार एक सार्वजनिक सूचना जारी गर्दै एचआइडिसीएलले ३३०००००० कित्ता प्रमोटर राइट सेयर र ३२२९७९४ कित्ता अर्डिनरी सेयर लिलामी हुँदै गरेको र १ करोड कित्ता भन्दा थोरै आवेदन हाल्न नपाइने सूचना निकालेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: