काठमाडौँ । हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)को अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामा नीतिगत भ्रष्टाचार भएको भन्दै सो सेयर लिलामी प्रक्रिया स्थगन गर्न मागसहित स्वतन्त्र पूँजीबजार सुधार संघले धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ ।
कम्पनीले असाेज ७ गतेबाट संस्थापक समूहकाे ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहकाे ३२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । सो प्रक्रिया तत्काल स्थगन गर्न संघले धितोपत्र बोर्डसँग माग राखेको हो ।
आम लगानीकर्तालाई लिलामी प्रक्रियामा भाग लिनबाट बन्चित गराई सिमित व्यक्तिको पहुँचमा मात्र लिलामी प्रक्रिया पुग्नेगरी कम्पनीलाई घाटा पुर्याउनेगरी काम भएको भन्दै संघले यस्तो काम तत्काल रोक्न माग गरेको हो । कम्पनीले प्रमोटर सेयरको अवितरित हकप्रदको लिलामी प्रक्रियामा न्युनतम १ करोड कित्ताका लागि आव्ह्वान गर्नेले मात्र भाग लिन सक्ने भन्दै सूचना निकालेपछि यसको चौतर्फी चर्चा भएसँगै संघले बोर्डमा यस्तो निवेदन दिएको हो ।
यता कम्पनीले भने प्रचलित कानुनमै टेकेर आफुहरुले कानुन अनुसार नै काम गरेको दाबी गर्दै आएको छ भने धितोपत्र बोर्डले भने यस विषयमा बुझेर प्रक्रिया अगाडी बढाउने जानकारी दिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्