काठमाडौँ । हाइड्रोपावर कम्पनीहरुले २ सय प्रतिशतसम्म हकप्रद निष्काशन गर्न पाउने भएका छन् । विद्युत नियमन आयोगले ‘विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८’ स्वीकृत गरेसँगै कम्पनीहरुले २ सय प्रतिशतसम्म हकप्रद निष्कासन गर्न पाउने भएका हुन् । अनुमतिपत्र प्राप्त कम्पनीले आफु मुख्य कम्पनीको हैसियतमा एकाउन्न प्रतिशत वा सो भन्दा बढी शेयर रहने गरी आफ्नो मातहतको आयोजनामा वा आफ्नो सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापना गरी आयोजना निर्माणको लागि संस्थागत लगानी गर्न हकप्रद शेयर निष्काशन गर्न सक्ने ब्यबस्था आयोगले गरेको छ । आयोगले गरेको निर्णय अनुसार अव हाइड्रो कम्पनीहरुले बढीमा २ सय प्रतिशतसम्म हकप्रद निष्काशन गर्न सक्नेछन् ।
आयोगकाका अनुसार आफु मुख्य कम्पनीको हैसियत हुने बाहेकका अन्य अनुपतिपत्र प्राप्त कम्पनीले निर्माण गरिरहेको वा गर्न गईरहेको आयोजनामा पचास प्रतिशत भन्दा कम शेयर लगानी गर्ने प्रयोजनका लागि कम्पनीहरुले हकप्रद शेयरको निष्काशन गर्न सक्नेछन् । सेयर निष्काशन गर्दा उक्त आयोजना निर्माणको भौतिक प्रगति २५ प्रथ्शत भन्दा बढी भएको हुनुपर्ने बताइएको छ।
हकप्रद शेयरको निष्कासन गर्दा मुख्य कम्पनीले आफ्नो आयोजनाको विद्युतको व्यापारिक उत्पादन भने सुरु गरेको हुनुपर्ने बताइएको छ । मुख्य कम्पनीले सहायक कम्पनीको चुक्ता पूँजीको एकाउन्न प्रतिशत वा सोभन्दा बढी अंश ग्रहण गरेको हुनु पर्नेछ भने यस अलावा आयोजनाको विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको हुनु पर्ने बताइएको छ । अर्कोतर्फ हकप्रद जारी गर्ने कम्पनीको आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको हुनु पर्ने र आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र प्राप्त भएको हुनु पर्ने भनिएको छ । हकप्रद जारी गर्ने मुख्य कम्पनी नेपालको धितोपत्र बजारमा सूचीकृत भएको कम्पनी हुनु पर्नेछ ।
यो नियम आएसँगै हाइड्रोका सेयर होल्डरहरु दङ्ग भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्