काठमाडौँ । नेपाल इन्भेष्टर्स फोरमले शेयर धितो कर्जामा १२ करोडको सीमा तत्काल खारेज गर्न माग राखेर मन्त्रालयमा पुगेको खबर सार्वजनिक गर्ने क्रममा फोरमको कच्चा कामले उल्टै फोरम बदनाम भएको छ । अर्थमन्त्रीलाई ध्यानकर्षण गराउँदै फोरमले शेयर धितो कर्जाको सीमा खारेज गर्न माग गरेको थियो । तर १७ गते बुझाइएको भनिएको पत्रमा १८ गते भनेर मिति उल्लेख गरिएको छ । र सो पत्र १७ गते नै विभिन्न संचारमाध्यममासमेत छाईसकेको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति र एकीकृत निर्देशिकाले शेयर धितो कर्जाको सीमालाई १२ करोड रुपैयाँ सिमित गरेपछी अधिकांस ठुला लगानीकर्ता तनाबमा छन् । र साना लगानीकर्ताका पक्षमा सिंको पनि नभाँच्ने आरोप लागेको र ठुला लगानीकर्ताको संगठनका रुपमा चिनिएको सो संगठनका मान्छेहरुलाई नै सो १२ करोड काण्डले तनाव दिएको छ । उक्त १२ करोड रुपैयाँ पनि ३ वटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँको दरले मात्रै लिन पाउने व्यवस्था गरिएको छ । जसका कारण बजारमा उच्च विक्री प्रेसर देखिएको छ । यस्तो व्यवस्थाले गर्दा लगानीकर्ताहरुले शेयर बिक्री गरी ऋण चुक्ता गर्दा शेयर बजारमा प्रत्यक्ष दबाब सिर्जना भई विगत धेरै दिनदेखि शेयर बजारमा निरन्तर रुपमा गिरावट आएको फोरमले जनाएको छ । तर यसरी अर्थमन्त्रीलाई दिइएको पत्रमा फोरमले गरेको यस्तो गल्ती भने लाजमर्दो भएको चर्चा सुरु भईसकेको छ ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले विज्ञप्ति ड्राफ्ट गर्ने राजन लम्सालको गल्तीका कारण बाहिर गलत मितिको विज्ञप्ति गएको स्वीकारेका छन् । ‘हामीले बुझाएको १७ गते नै हो, हामीसँग ओसी पनि १७ गतेकै छ । तर राजनजीले गलत विज्ञप्ति सार्वजनिक गरिदिंदा गल्ती भएको हो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्