काठमाडौं । जिवन विकास लघुवित्त नेपाल राष्ट्र बैंकको कारवाहीमा परेको छ । चालु आर्थिक वर्षमा राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागले गरेको निरिक्षणमा संस्थागत सुशासन सम्बन्धि निर्देशन विपरित संस्थाका संस्थापकहरुले सेयर खरिद बिक्री गरेको पाइएपछि कम्पनीलाई कारवाही गरेको हो । निर्देशिका अनुसार पदमा हुँदा वा पदबाट बहिरिएको १ वर्षसम्म सेयर खरिद बिक्री गर्न पाउँदैनन् तर जिवन विकास लघुवित्तका संस्थापकहरुले गैर कानुनी रुपमा निर्देशन विपरित सेयर बेचेको पाइएपछि कारवाही गरिएको राष्ट्र बैंकका एक अधिकारीले अर्थ सरोकारसँग भने ।
‘कम्पनीका संचालक, सीइओ, पुर्व संचालक तथा पुर्व सीइओहरुले सो संस्थागत सुशासन सम्बन्धि निर्देशन विपरित गैर कानुनी रुपमा सेयर खरिद गरेको पाईएपछि कम्पनीलाई लिखित स्पष्टीकरण सोधिएको थियो’ उनले भने ‘कम्पनीको संचालक, सीइओ तथा उच्च व्यवस्थापनका कर्मचारीले संस्थापक सेयर खरिद बिक्री सम्बन्धी नीति निर्देशनबारे थाहा नभएर सेयर कारोबार गरेको लिखित जवाफ पठाएका छन् ।’
गत आवमा कम्पनीले पूँजी वृद्धि गर्न संस्थापकहरुका लागि हकप्रद जारी गरेको थियो । सो सेयर बाहिरका संस्थापकले खरिद नगरेपछि पदमा रहेका संस्थापकहरुले नै करिब ४ हजार कित्ता हकप्रद सेयर किनेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्