×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘अभिकर्ता बनाईदिन्छु’ भन्दै ज्योति लाइफ इन्स्योरेन्सका कर्मचारी गरे बलात्कारको प्रयास !

काठमाडौं । महिलालाई ‘अभिकर्ता बनाईदिन्छु’ भन्दै ज्योति लाइफ इन्योरेन्सका कर्मचारीले बलात्कारको प्रयास गरेका छन् । घटना १ वर्ष अघिको अर्थात २०७७ साल असार २१ गतेको भएतापनि यो चौतर्फी बाहिरिएको छ । ज्योति लाइफ इन्योरेन्सको नेपालगञ्ज शाखाका एरिया सेल्स मेनेजर मोहन कुमार माझीले कोहलपुरकी ३९ वर्षिय महिलालाई अभिकर्ताको लाइसेन्सका लागि कागजपत्र लिन बोलाएर बलात्कारको प्रयास गरेका थिए ।

माझीले २१ गते राति घरसम्म पुर्याईदिन्छु भन्दै आफ्नो आफ्नो गाडीमा चढाएका थिए तर उनले ती महिलालाई घर नलगेर जंगल लगेर गाडीभित्रै बलात्कार प्रयास गरेका थिए । यद्यपि ती महिला उम्किन सफल भईन् ।

महिलाले भोली पल्टै माझी कार्यरत कम्पनीकोशाखा र  प्रहरीमा उजुरी गरिन् । तर प्रहरीले भने माझीविरुद्ध बलात्कार प्रयास नभएर अभद्र व्यवहारको मुद्धा चलाएको छ । माझी अभद्र व्यवहारको मुद्धामा पक्राउ त परे तर छिट्टै ५ हजार धरौटीमा रिहा भएका थिए । प्रहरीको वेवास्थाका कारण माझीलाई रिहा गरिएको र आफ्नो केसमा प्रहरीले लापरवाही गरेकाले न्याय नपाएको महिला पक्षको आरोप छ ।

यता कम्पनीले पनि माझीलाई अहिलेसम्म कुनै कारवाही गरेको छैन । आफुले कहिँकतैबाट पनि न्याय नपाएको महिलाको गुनासो छ । उनि झन्डै १ वर्षदेखि आफु न्यायका लागि लडिरहेकी छन् । उनका तर्फबाट कानुनी सहयोग गरिरहेका अधिवक्ता बसन्त गौतमले पनि अभद्र व्यवहार मुद्धामासमेत प्रहरीको अनुसन्धान फितलो रहेको आरोप लगाएका छन् । पछिल्लो समय अधिकाशं बीमा कम्पनीहरुमा विभिन्न किसिमका घटना घटिरहेका छन् । जसमा यो घटना पनि एक उदाहरण बनेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: