काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मालाई एक लगानीकर्ताले खुल्लापत्र लेखेका छन् । सामाजिक सञ्जालमा “शेयरबजारको सिकारु” नामले चिनिने एक लगानीकर्ताले पछिल्लो समयमा सेयर बजारमा भइरहेको गतिविधि, अनसन बसेका लगानीकर्ताहरुलगायतलाई समेटेर अर्थमन्त्रीलाई खुल्लापत्र लेखेका हुन् । खुल्लापत्रमा ४३ लाख लगानिकर्ताको आक्रोश थाम्न अर्थमन्त्रीलाई तयार रहन पनि उल्लेख छ ।
लगानीकर्ताहरुले अर्थमन्त्री र गभर्नरको राजिनामाको मुख्य मागसहित बिहीबारदेखि नेप्सेको प्राङ्गणमा आमरण अनसन सुरु गरेका छन् । यसअघि पहिलो चरणमा उनीहरूले रिले अनसन गरेका थिए । र उनीहरुले नेपाल राष्ट्र बैंकको १२ करोडको सीमा खारेज, गभर्नरको राजिनामासहित १८ बुंदे माग राखेका छन् । यद्यपि हालसम्म उनीहरुका माग सम्बन्धित निकायले सुनेका छैनन् ।
यता अर्थमन्त्रीसँग वार्ता गर्न भन्दै अर्थमन्त्रालय पुगेका लगानीकर्ताहरुलाई अर्थमन्त्रीले समय नदिँदा वार्ता हुन सकेको थिएन तर अर्थमन्त्रीको सचिवालयका जिम्मेवार व्यक्तिहरुलेनै लगानीकर्ताहरुलाई सेयर बजार जति घटेपनि आफूहरुलाई कुनै मतलव नहुने र आन्दोलन गर्ने २/४ जना लगानीकर्ता मरेपनि केहि फरक नपर्ने भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएका थिए । सोही सम्बन्धमा यस्तो छ शेयरबजारको सिकारुको खुल्लापत्र :
माननीय मन्त्रीज्यु सन्चै हुनुहुन्छ नि? कामको चापाचाप छ हजुरलाई बजेट होलिडे लागेको छ तैपनी यो खुल्लापत्र पढ्नुहुन्छ भन्ने आशा छ! हजुरलाई भेट्न गारो छ रे साथीहरूले भेट्नखोज्दा त्यसैले आफ्ना कुरा राख्न यो खुल्लापत्र लेख्दैछु!
तपाईको सचिवालय का साथिहरुले भन्नुभयो रे हामी शेयर बजार बढाउदैनौ २/४ जना मरे केही हुन्न ! के यो साचो हो??? तपाईलाई के लाग्छ आज शेयरबजारमा केवल शहरका धनी ब्यक्तिहरु मात्र लगानीकर्ता छन??? होइन आज गाउका गरिब सोझा जनता, मजदुर, किसान अनि तल्लो बर्गका जनताहरु पनि यो बजारमा सक्रिय छन! ४३ लाख जनताको सम्पत्ति हो शेयरबजार!! अनि यी ४३ लाख जनताको सम्पती संरक्षण तपाईको दायित्व भित्र पर्छ कि पर्दैन???
यो बजारबाट कर उठाउने अनि बजार समस्यामा पर्दा दायित्वबाट उम्कन मिल्छ ???
यो बजारमा समस्या छन भने समाधान गरियोस… इन्साईडर ट्रेडिङ , कर्नरिग गरि जुवाघर बनाइएको छ भने दोषीलाई कारबाही गरियोस! यहाँ भएका तमाम समस्याहरुलाई अनुसन्धान गरि समाधान गरियोस!! तर शेयरबजारमैत्री नीति ल्याएर बजारको संरक्षण गर्नुको सट्टा बजारलाई अस्थिर बनाई सिमित ब्यक्तिको स्वार्थमा काम नगरियोस!
हाम्रो माग यत्ती हो…बजारमा रहेका तमाम लगानिकर्ताको बजारप्रती बिश्वास हुने नीति र बाताबरण बनोस यो बजार आमलगानिकर्ताको आशाबिपरित जुवाघरमा परिणत नहोस!
आशा छ कुनै माध्यमबाट यो पत्र तपाईसम्म पुग्नेछ !!
नत्र ४३ लाख लगानिकर्ताको आक्रोश थाम्न तयार रहनुहोला !!
सम्पुर्ण लगानिकर्ताहरुको तर्फबाट !!
धन्यवाद !!!
मिति २०७८/०६/०१
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्