×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंक घेर्न पुगेका लगानीकर्ताले प्रवक्तालाई मागपत्र बुझाएर फर्किए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंक घेर्न पुगेका लगानीकर्ताले प्रवक्तालाई मागपत्र बुझाएर फर्किए

Artha Sarokar

२१ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लगानीकर्ताको समूहले नेपाल राष्ट्र बैंकका प्रवक्तालाई मागपत्र बुझाएका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आन्दोलतरत लगानीकर्ताहरुले प्रवक्तालाई देवकुमार ढकाललाई मागपत्र बुझाएर फर्किएका हुन् ।
गभर्नर अधिकारीले नियोजित रुपमा सेयर बजार घटाउने सेयर कर्जाको नीति ल्याएको उनीहरु आरोप छ । आज सोमबार शंकरदेव कलेजबाट करिब ५ सयभन्दा बढी लगानीकर्ताको समूहले राष्ट्र बैंकका गभर्नरविरुद्ध विरोध र्याली निकालेर गभर्नरको राजीनामा माग गर्दै राष्ट्र बैंक घेराउ गर्न पुगेका थिए ।
यद्यपी राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार निषेधित क्षेत्र भएकाले सबै लगानीकर्ताहरु राष्ट्र बैंकमा प्रवेश गर्न पाएनन् । सिमित व्यक्तिले प्रवक्तालाई मागपत्र बुझाएका हुन् । राष्ट्र बैकले मौद्रिक नीतिमा एक जना लगानीकर्ताले एउटा बैंकबाट ४ करोड रुपैयाँ र समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी