काठमाडौं । सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । सेयर धितो कर्जाको १२ करोडको सीमाको विरोध गर्दै उनको राजीनामा मागेका हुन् । लगानीकर्ताहरुले १६ बुँदे माग राख्दै पहिलो नम्बरमा गभर्नर अधिकारीको राजीनामा माग गरेका हुन् ।
१२ करोडको सीमा राष्ट्र बैंकको अस्तित्व नै धरापमा पार्ने गरी नियोजित रूपमा तयार गरिएको नीति, कार्यक्रमलगायतले समग्र पूँजी बजारमा समस्या पारेपछि गभर्नरको राजीनामा माग गरिएको एक लगानीकर्ताले बताए । ४० लाख लगानीकर्ताहरुको हितविपरीत गभर्नर अधिकारीले आफूखुसी नीति बनाएको पनि उनीहरुको आरोप छ ।यता लगानीकर्ताले आफ्ना मागहरु सहज तरिकाले सम्बोधन नभए सोमबार राष्ट्र बैंकमा आन्दोलन गर्न आफूहरु बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्