×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबारको बजार अपडेट : मनकामना स्मार्ट लघुवित्तमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

PRIME CA
GLOBAL IME BANK

सोमबारको बजार अपडेट : मनकामना स्मार्ट लघुवित्तमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

११ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक भारी अंकले घटेको छ ।  सोमबारको तुलनामा नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५.४१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १२ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको १५ करोड ४८ लाखमाथिको सेयर कारोबार भएको हो । आज पनि सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यसैबीच सोमबारको सेयर बजारमा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । मनकामनाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेसँगै मैलुङ खोला जलविद्युत कम्पनी, गोर्खाज फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
  
यस्तै सोमबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको १५ करोड ४८ लाखमाथिको सेयर कारोबार भएको हो । यस अलावा युनाइटेड हाइड्रोपावर, हिमालयन डिस्टिलरी, नेपाल बैंक, नेशनल हाइड्रोपावर, अपि पावर, रिडी हाइड्रोपावर, अरुण काबेली हाइड्रोपावर, डिप्रोक्स लघुवित्त, मेगा बैंकको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
यसैबीच सोमबारको बजारमा गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७. ८३ प्रतिशतले घटेको छ ।  गुडविलको सेयरमा यस्तो गिरावट आउँदा युनाइटेड इदी मर्दिको हाईड्रोपावर कम्पनी, नेपाल फाइनान्स कम्पनी, कालिका पावर कम्पनी, पोखरा फाइनान्सलगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूची:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: