मेलम्ची । सिन्धुकोटमा स्थानिय युवा समुहको सक्रियता किसानमाझ मेगा बैंक प्रत्येक्ष रुपमा पुग्न सफल भएको छ । १५० जना युवा सम्मिलित भएर निर्माण भएको उर्बर नेपाल पब्लिक लिमिटेडले किसानको उत्पादनमा वृद्धिसँगै किसानको उत्पादन सिधै उपभोक्ता माझ पुर्याउने उद्देश्यका साथ मध्यबानेश्वर र पेप्सीकोलामा आउटलेट निर्माण गरि व्यापार गरीरहेको छ । राष्ट्रको अर्थतन्त्रलाई आत्म निर्भर बनाउने उद्देश्यका साथ सन्चालन यो कम्पनीको सिन्धुपाल्चोक जिल्ला कोर्डिनेट गरिरहेका किरण रायामाझी, कम्पनी अध्यक्ष सुदर्शन विक्रम कार्की, फाइनान्स डाइरेक्टर डा.निरन्जन रिजाल, उर्बर नेपालका सेयरहोल्डर र मेगा बैंकको प्रतिनिधि किसानको गाउँ, मेलम्चीमा पुगेर निवेदन भरेर आउनु भएको छ ।
सुलभ ब्याजदरका साथ कृषिमा प्राप्त हुने ऋणको लागि २१ जना किसानले निवेदन गरेका छन् भने मेगा बैंकका प्रतिनिधि प्रत्यक्ष किसानको खेत, फाराम पुगेर मुल्यांकन गरेर आएका छन् । यससँगै राष्ट्रव्यापी रुपमा किसानको सङठन गर्दै सस्तो ऋण उपलब्ध गराउन सकिने विश्वास रहेको उर्बर नेपालका अध्यक्षले बताएका छन् । निरन्तर बर्षा र पहिरोले बाटोमा निकै कठिनाई बेहोरेको मेलम्ची र त्यहाँका कृषकलाई यो ॠण मेगाले उपलब्ध गराउँदा र उर्बर नेपालले सहज बजारिकरण गरिदिँदा वास्तबिक कृषकको जीवनस्तरमा अभिबृद्दी हुने आसा गर्न सकिन्छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्