×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुले ब्याजदर संसोधन गरेपछी सेयर बजारमा हरियाली

PRIME CA
GLOBAL IME BANK

बैंकहरुले ब्याजदर संसोधन गरेपछी सेयर बजारमा हरियाली

६ आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई बढाएको ब्याजदर संसोधन गर्न निर्देशन दिएसँगै सेयर बजारले सुधारको बाटो समातेको छ । बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको एकिकृत निर्देशन नम्बर १५ को बर्खिलापमा मनपरी ब्याजदर निर्धारण गरेपछि राष्ट्र बैंकले मंगलबार संसोधन गर्न निर्देशन दिएको हो ।
विभिन्न विषयका कारण सेयर बजार प्रवाहित भईरहेका बेला बैंकहरुले पनि मनपरी ब्याजदर तोकी नयाँ ब्याजदर सार्वजनिक गर्ने लहरनै चलेको थियो । जसले पनि बजारलाई प्रभाव पारेको थियो । प्रकाशित गरेको नयाँ ब्याजदर धमाधम संशोधन गर्न थालेपछि सेयर बजारमा बुधबारबाट बढोत्तरी आएको छ ।
राष्ट्र बैंकको निर्देशनपछि बुधबार केहि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर संशोधन गरेको सूचना प्रकाशित गरेका छन् । गरिमा विकास बैंक, मञ्जुश्री फाइनान्स, सिटिजन बैंक, मुक्तिनाथ विकास बैंक, प्रोग्रेसिभ फाइनान्सलगायतले असोज महिनादेखि लागू हुनेगरी बढेको ब्याजदर फिर्ता गरेका छन् ।
ती बैंकहरुले पछिल्लो पटक प्रकाशित गरेका सूचना भुलबस सार्वजानिक भएको भन्दै पुरानै ब्याजदर लागु हुने बताएका छन् । अन्य बैंकहरु पनि ब्याजदर संसोधन गर्ने तयारीमा छन् । निरन्तर घटिरहेको बजार बुधबार भने हरियालीमय छ उदास बनेका लगानीकर्ताहरु उत्साहित भएका छन् । दिउँसो १ बजे ३५ मिनेट जाँदा नेप्सेमा ८० अंक बढीको सुधार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: