काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक गर्ल्यामगुर्लुम घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ३ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ३८ करोड ६० लाख ४३ हजार ५०८ रुपैयाँको सेयर कारोबार भएको हो । आज सबै समूहका उप-परिसूचक घटेका छन् ।
यसैबीच बिहिबारको सेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको हो । कर्पोरेट बैंकको सेयरमा यस्तो गिरावट आउँदा श्री इन्भेष्टमेन्ट फाइनान्स, आईसिएफसी फाइनान्स, लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

बिहिबारको बजारमा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन बैंकको प्रमोटर सेयरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । कम्पनीको ३८ करोड ६० लाख ४३ हजार ५०८ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनी, यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, नेपाल बैंक, आईसिएफसी फाइनान्स, नेशनल हाईड्रोपावर कम्पनी, अरुण काबेली पावर कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्