Skip to content
LAXMI SUNRISE BANK

लगानीकर्ताका पक्षमा धितोपत्र बोर्डलाई घुँडा टेकाउन सफल भएकाहरु बने संगठित, जन्मियो नयाँ संगठन

अर्थ सरोकार

लगानीकर्ताका पक्षमा धितोपत्र बोर्डलाई घुँडा टेकाउन सफल भएकाहरु बने संगठित बनेका छन् । फलस्वरुप पूँजीबजारमा लगानीकर्ताहरुको अर्को संगठन पनि जन्मिएको छ ।

पूँजीबजार सुधार संघर्ष समिति समूहले नयाँ संगठन बनाएको हो । यो संगठनले पूँजीबजारको हकहितका लागि आन्दोलन गर्दै आएको छ । नवगठित संघमा अध्यक्ष डिल्लीश्वर कार्की सहित उपाध्यक्षमा विनायक शिवाकोटी(आदित्य), सचिवमा विनोद बजगाई, सहसचिवमा शिरिष आचार्य र सुनिलकुमार दाहाल, कोषाध्यक्षमा सुशील कुमार लुनियाँ, सहकोषाध्यक्षमा विमला न्यौपाने र सदस्यहरुमा ज्यानेन्द्र ओझा, रत्नकाजी महर्जन, राजेन्द्र खड्का र डम्बर श्रेष्ठ  चुनिएका छन् ।

शुक्रबार काठमाण्डौमा भएको संगठनको भेलाले सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा ३ सदस्य रहेका छन् । समितिमा उपेन्द्र पाठक, उमेशराज सिलवाल र अनिल खतिवडा रहेका छन् भने  यो संघको संरक्षकको रुपमा दीपेन्द्र अग्रवाल रहेका छन्।

 

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK