×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ङादी ग्रुप पावरको असोज ३ गते आइतबार वार्षिक साधारणसभा बस्दै, प्रस्तावित २१.०५ प्रतिशत नगद लाभांश पारित हुने

काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले असोज ३ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले साधारण सभा क्विन्स क्याफे अनामनगर, काठमाडौंमा बिहान ९ बजे बोलाएको हो । सभामा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । साथै बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ । प्रस्तावित बोनसपछि पुँजी ७० करोड ६९ लाख ३२ हजार ३६० रुपैयाँ पुग्नेछ ।

यस्तै ७०.६० मेगावाटको बझाङ अपर सेती हाइड्रोपावर प्रोजेक्ट सर्वेक्षण अनुमतिपत्रका लागि भएका प्रगति विवरण सभामा जानकारी गराई थप कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज भइसकेको छ । त्यसैले भदौ १७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउनेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: