×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबारबाट ‘एनएमबि सरल बचत फन्ड इ’ को १० करोड इकाई बिक्री खुला हुने, न्यूनतम १०० इकाईदेखि आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहिबारबाट ‘एनएमबि सरल बचत फन्ड इ’ को १० करोड इकाई बिक्री खुला हुने, न्यूनतम १०० इकाईदेखि आवेदन दिन सकिने

Artha Sarokar

१६ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि क्यापिटलले भोलि बिहीबारदेखि ‘एनएमबि सरल बचत फन्ड इ’ को १० करोड इकाई म्युचुअल फन्ड बिक्रीमा ल्याउने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरमा सो इकाई बिक्रीमा ल्याउन लागेको हो । कुल १० करोड इकाईमध्ये ४०% अर्थात् ४ करोड इकाई पहिलो चरणमा जारी गर्ने क्यापिटलले जनाएको छ ।
यस्तै १४% अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक एनएमबि बैंक र १% योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ भने बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । लगानीकर्ताले यसमा भदौ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । २१ गतेसम्ममा सबै इकाई बिक्री नभएमा भदौ ३१ गतेसम्म खुला रहनेछ ।
यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी