×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताले राष्ट्र बैंक घेर्न जाँदा जे देखियो…(फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

लगानीकर्ताले राष्ट्र बैंक घेर्न जाँदा जे देखियो…(फोटो-कथा)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै पूँजी बजार संघर्ष समितिले र्याली निकालेको छ । गभर्नर अधिकारीले नियोजित रुपमा सेयर बजार घटाउने सेयर कर्जाको नीति ल्याएको भन्दै सोमबार पूँजी बजार संघर्ष समितिका लगानीकर्ताहरुले बागबजारस्थित शंकरदेव क्याम्पसबाट र्याली निकालेर बालुवाटारस्थित भाटभटेनी पुगेका हुन् ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार निषेधित क्षेत्र भएकाले सबै लगानीकर्ताहरु राष्ट्र बैंकमा भने प्रवेश गर्न पाएनन् । सिमित व्यक्तिले राष्ट्र बैंकका प्रवक्तालाई देवकुमार ढकाललाई मागपत्र बुझाएर फर्किएका थिए । राष्ट्र बैकले मौद्रिक नीतिमा एक जना लगानीकर्ताले एउटा बैंकबाट ४ करोड रुपैयाँ र समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो । सो व्यवस्था संसोधन हुनुपर्ने, १० कित्ताको नीति हटाउन नपाइने, बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्नेलगायतका १८ बुँदे माग राखेको छ । समितिले माग पुरा नभए आमरण अनसन बस्नेसमेत चेतावनी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: