×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

न्यादी हाइड्रोपावरले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले असोज १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । यसको प्रतिकित्ता अंकित मूल्य १०० तोकिएको छ । यो मध्ये १ लाख १२ हजार ५ सय कित्ता सामुहीक लगानी कोष र ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । र बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् ।

उक्त सेयरमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असोज ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने भएका छन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर रेटिङ्ग नेपालले न्यादीको आइपीओलाई औसत आधार जनाउने ‘कियर एनपी आइआर डबल बी’ रेटिङ दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: