×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ङादी ग्रुप पावरको २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने बिहिबार अन्तिम दिन, १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ङादी ग्रुप पावरको २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने बिहिबार अन्तिम दिन, १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने

१७ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने बिहिबार अन्तिम दिन रहेको छ । लाभांश वितरण र साधारणसभाको लागि भदौ १८ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र लाभांश लिन तथा साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले आव २०७७/७८ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १ दशमलव ०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने पनि प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असोज ३ गते साधारणसभा गर्ने भएको छ । कम्पनीले सभा बिहान ९ बजे क्विन्स क्याफे अनामनगर काठमाडौंमा गर्नेछ ।

सभाको अन्य प्रस्तावमा बझाङ अपर सेती हाइड्रोपावर प्रोजेक्ट ७० दशमलव ४० मेगावाटको सर्वेक्षण अनुमति पत्रको लागि आवेदन दिएको र सो सम्बन्धमा भए गरेका प्रगति विवरणहरु सभालाई जानकारी गराउने र थप आवश्यक कार्यका लागि सञ्चालक समितलाई अख्तियारी दिने प्रस्ताव पनि पारित एजेण्डा रहेको छ । त्यस्तै सभामा अन्य जलविद्युत कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने र सो सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितलाई अख्तियारी दिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावीमा संशोधन गर्ने प्रस्ताव रहेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी