×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोकर्णेश्वरमा बुवाको सम्झना…(फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गोकर्णेश्वरमा बुवाको सम्झना…(फोटो-कथा)

Artha Sarokar

२२ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आज कुशे औँशी, अर्थात् बुबाको मुख हेर्ने दिन । हरेक वर्ष भाद्र कृष्ण औँशीका दिनलाई बुबाको मुख हेर्ने दिनका रुपमा मनाइने चलन छ । पिता हुनेहरुले मिठो–मिठो खानेकुराहरु खुवाएर, बुबालाई सम्मान प्रकट गर्ने र खुशी साट्दै कुशे औँशी मनाउने गर्दछन् भने पिता नहुनेहरुले आजका दिन गोकर्णेश्वरमा गएर दिवंगत पिताको सम्झनामा पिण्डदान तथा तर्पण दिने र ब्राह्मणहरु बोलाएर सिदा दिने, भोजन गराउने र दक्षिणा दिइ विदा गर्दछन् ।
कुशे औँशीका दिन काठमाडौंको गोकर्णेश्वरमा ठूलो मेला लाग्छ । जसकारण आजको दिनलाई गोकर्ण औँशीको नाम पनि दिइएको छ । कुशे औँशीका दिन विशेष गरेर उत्तरगयाले प्रचलित काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गएर श्राद्ध गरे मात्र पनि आफ्ना पितृहरु मोक्ष भइ स्वर्गमा वास गर्ने पौराणिक कथामा उल्लेख छ । आजको दिन काठमाडौंमा पशुपति, गौरीघाट, गोकर्णेश्वर र देशका अन्य तीर्थस्थल तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, सुनसरीको बराहक्षेत्रलगायतका धार्मिक स्थलहरुमा पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्ने चलन रहेको छ ।
कोरोना महामारीको जोखिम रहेकाले गोकर्णेश्वरमा गत वर्षको झैँ कुनै विशेष कार्यक्रम नराखेपनि भक्तजनहरुको भीड लागेको छ भने पशुपति, गौरीघाट, देवघाटलगायतका तिर्थस्थलहरुमा पनि भक्तजनहरुको भीड रहेको छ । आज वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले व्राह्मण, पुरोहितले ल्याएको कुश घर–घरमा भित्राउने र उक्त कुश, देव तथा पितृकार्यमा वर्षभर प्रयोग गर्ने गर्दछन् । हेर्नुहोस् गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा जे देखियो :
 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी