काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५% RBBL Debenture, २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सोमबार सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेका हुन् ।
बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदरको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गत जेठ २८ गते देखि असार ८ गतेसम्म बिक्री गरेको थियो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।
उक्त सम्झौतापत्र आदानप्रदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतद्धय सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख पवन रेग्मी, नेपाल स्टक एक्सचेञ्जका प्रविन पन्दाक, भेष लराज खनाल, आरविवि मर्चेन्ट बैंकि लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेल लगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्