×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सहमति भाँड्ने षडयन्त्रस्वरूप कर्मचारी युनियनको निराधार विज्ञप्ति आयो’ : पूँजीबजार संघर्ष समितिका संयोजक कार्की

काठमाण्डौ । धितोपत्र बोर्डका पदाधिकारीहरुलाई पूँजीबजार सुधार संघर्ष समितिले कार्यालयमै बन्धक बनाई धम्कीपूर्ण ढंगले सहमति गर्न बाध्य बनाइएको आशयको विज्ञप्ति कपोकल्पित र निराधार रहेको दाबी पूँजीबजार संघर्ष समितिका संयोजक रोहण कार्कीले गरेका छन् । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै बोर्डका अधिकारीहरुलाई गैरकानूनी र आपराधिक ढंगले पूँजीबजार सुधार संघर्ष समितिका नाममा केही व्यक्तिले गालीगलौज गर्दै कार्यालयभित्रै बन्धक बनाई जबरजस्ती सहमति गराइएको र त्यसको दुष्प्रचार गरी बजारबाट लाभ लिने काम भएको भन्दै विज्ञप्ति निकालेको थियो ।

यस विषयमा बुझ्न अर्थ सरोकारले समितिका संयोजक कार्कीलाई फोन गरेको थियो । ‘वार्तामा प्रहरी छ । वार्ताकै बीच के के भयो सबै मिडियामा छर्लंग आएको छ । वार्ता सकिएपछी निरज गिरी स्वयमले वार्ताबारे बोल्नुभएको छ । सहमतिपत्रमा सबैको हस्ताक्षर छ । अनि कसरी जवर्जस्ती हुन्छ । आँखामा छारो हाल्न खोज्ने ?’ उनले प्रतिप्रश्न गरेका छन् ।

उनले सहमति तोड्ने बदनियत राखेर लगानीकर्ताका माग सम्बोधन हुन नदिनेगरी षड्यन्त्र भएको र सोहि अनुरुप यस्तो विज्ञप्ति आएकोसमेत ठोकुवा गरेका छन् । ‘हामीले अमर्यादित काम गरेको भए वा कसैलाई बन्धक बनाउन खोजेको भए प्रहरीले हामीलाई छोड्थ्यो ? हामीमाथि बल प्रयोग गर्दैनथ्यो ? त्यसमाथि मिडियामा भित्र के के भयो सबै आएको छ । यो भन्दा पारदर्शी वार्ता अरु कुनै हुनै सक्दैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘जवर्जस्ती गरिएको भए विहानै किन विज्ञप्ति आएन ? त्यहाँ भएका प्रहरीले के हेरेर बसे ? यो सिधा रुपमा हाम्रो सहमति भाँड्ने षडयन्त्र हो । यसविरुद्ध हामी अवश्य लड्छौं ।’

नेपाल पूँजीबजार संघर्ष समिति र धितोपत्र बोर्डबीच हिजोमात्र सहमति भएको थियो । सो लिखित सहमतिपत्रमा बोर्डका तर्फबाटसमेत विभिन्न अधिकारीहरुले हस्ताक्षर गरेका छन् । १६ बुँदे माग राख्दै आन्दोलन गरिरहेको सो समितिले  लगानीकर्ताको मागहरु सम्बोधन हुनुपर्ने माग गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: