काठमाडौं । साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि आज बुधबारबाट ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ जारी गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा सो आइपीओ जारी गरेको हो । जसमा ५% (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र ३% (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सो सेयरमा असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै आइपीओ बिक्री नभएमा भने असोज २० गतेसम्म खुला रहनेछ । आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ भने अधिकतम १० लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्दैछ । इक्रा नेपालले साहस उर्जालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी माइनस रेटिङ दिएको छ । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्