×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लास्ट रिमाइन्डर’: साहस उर्जा लिमिटेडको ७० लाख कित्ता आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

‘लास्ट रिमाइन्डर’: साहस उर्जा लिमिटेडको ७० लाख कित्ता आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन

काठमाडौं । साहस उर्जा लिमिटेडको आइपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीको ७० लाख कित्ता आइपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको हो । कम्पनीले सर्वसाधारणका लागि बुधबारबाट ७० करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा सो आइपीओ जारी गरेको हो । जसमा ५ प्रतिशत (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र ३ प्रतिशत (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सो सेयरमा असोज १० गते आइतबारसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै आइपीओ बिक्री नभएमा भने असोज २० गतेसम्म खुला रहनेछ । आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ भने अधिकतम १० लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि-आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्दैछ । इक्रा नेपालले साहस उर्जालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी माइनस रेटिङ दिएको छ । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: