×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सामलिङ पावर कम्पनीको ५ लाख कित्ता आइपीओ बिक्री खुला, आयोजना प्रभावितहरुले यी स्थानहरुबाट आवेदन दिन सक्ने !

काठमाडौं । आज शुक्रबारदेखि सामलिङ पावर कम्पनीको ५ लाख कित्ता आइपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित इलामवासीका लागि १०० रुपैयाँ अंकित दरमा ५ लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई ४०% अर्थात २ लाख कित्ता सेयर छुट्याइएको छ ।
बाँकी ६०% अर्थात ३ लाख कित्ता भने इलाम जिल्लाभरका स्थानीयका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने यसमा असोज १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यद्यपि उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा भने असोज १७ गतेसम्म खुला रहनेछ ।
यस्तै लगानीकर्ताहरुले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंकको शाखा कार्यहरुबाट आवेदन दिन पाउनेछन् । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ । हाल सामलिङ पावरद्वारा इलाम जिल्लामा निर्माणाधिन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: