×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: आन्दोलनरत लगानीकर्ताकाे माग सम्बाेधन गर्ने पक्षमा सेबाेन, भेटवार्तामा अरु के-के भयो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अन्तत: आन्दोलनरत लगानीकर्ताकाे माग सम्बाेधन गर्ने पक्षमा सेबाेन, भेटवार्तामा अरु के-के भयो ?

Artha Sarokar

२८ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूँजीबजार सुधार सङ्घर्ष समितीका लगानीकर्ता र नेपाल धिताेपत्र बाेर्डका पदाधिकारीबीच भेटवार्ता भएकाे छ  विभिन्न १८ बुँदे माग राख्दै आन्दोलनरत लगानीकर्ता र बोर्डका पदाधिकारीबीच सोमबार भेटवार्ता भएकाे हो । लगानीकर्ताले राखेका उक्त मागप्रति सेबाेन सकारात्मक देखिएकाे र नयाँ अध्यक्ष आएपछि सम्बाेधन गरिने निष्कर्ष निकालिएको समितिका संयाेजक राेहन कार्कीले बताएका छन् ।
यद्यपि यस विषयमा राष्ट्र बैंकसँग भने सोमबार वार्ता हुन नसकेको कार्कीले बताए । लगानीकर्ताहरुले गत साेमबार नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाल समक्ष गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मागसहित विभिन्न १८ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । यस्तै उनीहरु भदौ २३ गतेदेखि दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघरमा रिले अनसन बसिरहेका थिए । र सो अनसन हालपनि कायमै रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी