×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको दादागिरी : वार्तामा बोलाएर ढोका थुन्यो, बाहिरै नारावाजीमा लगानीकर्ता !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

धितोपत्र बोर्डको दादागिरी : वार्तामा बोलाएर ढोका थुन्यो, बाहिरै नारावाजीमा लगानीकर्ता !

काठमाडौँ । वार्ताका लागि सेयर लगानीकर्ताहरुलाई बोलाएको नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुमाथिनै दादागिरी देखाएको छ । सेयर बजारको रक्षाका लागि मंगलबार बोर्ड घेराउ गर्न पुगेका लगानीकर्तालाई बोर्डका पदाधिकारीले आफुहरु वार्ता गर्न तयार रहेको भन्दै बुधबारको समय दिएर फर्काएको थियो ।
 
तर आज वार्ताका लागि बोर्ड पुगेका लगानीकर्ताहरुलाई ढोकासमेत नखोलेको उपस्थित लगानीकर्ताले बताएका छन्  । बोर्डले यस्तो तल्लो स्तरको व्यबहार गर्दा लगानीकर्ताको वार्ता अन्योलमा परेको छ ।
बाेर्डले ढाेका नखाेलेपछि सबै लगानीकर्ताहरू कालाे टीसर्ट लगाएर बाेर्डकाे कार्यालय अगाडि नारावाजी गरिरहेका छन् । मंगलबार लगानीकर्ताहरुको मागप्रति बोर्ड सकारात्मक देखिएकाे थियाे । जससंगै आजको सेयर बजारमा सकारात्मक असर परेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: