काठमाडौँ । ४ हाइड्रोपावर कम्पनीमा इन्साईडर ट्रेडिङ भईरहेको दाबीसहित एक लगानीकर्ताले धितोपत्र बोर्ड र नेप्सेमा उजुरी दर्ता गराएका छन् । लगानीकर्ता ध्रुब प्रसाद भट्टले ४ कम्पनीहरुमा व्यापक इन्साइडर ट्रेडिङ भईरहेको भन्दै छानविनका लागि बोर्ड र नेप्सेमा उजुरी दर्ता गराएका हुन् । उनले सोमबार बोर्डमा पुगेर सो कम्पनीहरुमा भईरहेको भित्री कारोबारका विषयमा छानविन गरी पाउँ भनी उजुरी दर्ता गरका हुन् । उनको उजुरी धितोपत्र बोर्डमा २६२८ नम्बरमा दर्ता भएको छ भने सो उजुरीको बोधार्थ नेपाल स्टक एक्सचेन्जमासमेत दिइएको छ ।
अरुण भ्याली हाइड्रोपावर, रिडी हाइड्रोपावर, रैराङ हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीमा इन्साइडर ट्रेडिङ भईरहेको उनको दाबी छ ।
अरुण भ्याली हाइड्रोपावरको ५० प्रतिशत हकप्रदको तुरुन्त घोषणा हुँदै गरेको, रिडी हाइड्रोपावरको रैराङ हाइड्रोपावरमा रहेको लाखौँ कित्ता होल्डीङ विक्री गरेर प्रति सेयर आम्दानी रु १०० भन्दा माथि आउने भनी सूचना चुहिएको, रैराङ हाइड्रोपावरको रु १०० भन्दा माथि इपीएस आउने हल्ला गरिएको रिडी हाइड्रोपावरसंग १ कित्ता बराबर १ स्वाप रेसियोमा मर्जरको घोषणा हुँदै भन्ने सूचना चुहिएको र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ५० प्रतिशत हकप्रदको घोषणा हुँदै गरेको सूचना चुहिएर बजारमा तिब्र चलखेल भईरहेको उनको दाबी छ ।
पछिल्लो समय विभिन्न सूचीकृत कम्पनीमा भित्री कारोबार भईरहेको सूचना पाउँदा पनि धितोपत्र बोर्ड आँखा चिम्लेर बसेको आरोप लागिरहेका बेला लगानीकर्ताले गरेको यस्तो उजुरीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपी यसअघि अजोड इन्स्योरेन्समा भएको भित्री कारोबारको स प्रमाण उजुरी पर्दा पनि सो कम्पनीलाई कारवाही नभएको नजिर हेर्ने हो भने उजुरीकै आधारमा यी कम्पनीहरुमाथि कारवाही हुने सम्भावना भने कम भएको जानकारहरुको ठम्याई छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्