Skip to content
LAXMI SUNRISE BANK

सेयर धितो कर्जाको सीमा तत्काल खारेज गर्न इन्भेष्टर्स फोरमको माग ! (विज्ञप्तिसहित)

अर्थ सरोकार

काठमाडौँ । नेपाल इन्भेष्टर्स फोरमले सेयर धितो कर्जाको १२ करोडको सीमालाई तत्काल खारेज गर्न माग गरेको छ । फोरमले अर्थमन्त्री जनार्दन शर्मालाई पत्राचार गर्दै मौद्रिक नीति २०७८ मार्फत लागू गरिएको सो सीमालाई तत्काल खारेज गर्न माग गरेको हो ।
फोरमका अध्यक्ष तुलसीराम ढकालद्धारा जारी विज्ञप्तीमा  – ‘राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिका बमोजिम १२ करोड पनि ३ वटा बैंक तथा वित्तीय संस्थाबाट लिनुपर्ने र सो सीमा व्यक्ति तथा संस्था दुबैका लागि लागू गरिएकाले सो सीमाका कारण लगानीकर्ताहरु सेयर बिक्री गरी ऋण चुक्ता गर्दा सेयर बजारमा प्रत्यक्ष दबाब सिर्जना भई विगत धेरै दिनदेखि सेयर बजारमा निरन्तर गिरावट आईरहेको छ ‘ भनिएको छ ।
यस्तै फोरमले बैंक तथा वित्तीय संस्थाले कोर क्यापिटलको ४० प्रतिशत मात्र शेयर धितो कर्जा प्रवाह गर्न पाउने र त्यस्तो लगानी कुल ऋण लगानीको २.५० प्रतिशत मात्र रहेको पनि जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK