×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकप्रति खरो रुपमा सडकमा उत्रँदै लगानीकर्ता : माइतीघर मण्डलामा रिले अनसन बस्ने, होलान् त १८ बुँदे माग पुरा ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राष्ट्र बैंकप्रति खरो रुपमा सडकमा उत्रँदै लगानीकर्ता : माइतीघर मण्डलामा रिले अनसन बस्ने, होलान् त १८ बुँदे माग पुरा ?

Artha Sarokar

२३ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आज बुधबारदेखि सेयर लगानीकर्ताहरु रिले अनसन बन्ने भएका छन् । पूँजीबजार सुधार सङ्घर्ष समितिको आयोजनामा पूँजी बजारको रक्षाका लागि माइतीघर मण्डलामा लगानीकर्ताहरु ३ बजेदेखि रिले अनसन बस्ने भएका हुन् ।
समितिका अनुसार आजदेखि २९ गतेसम्म दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म रिले अनसन गर्ने कार्यक्रम तय भएको छ । लगानीकर्ताले गत सोमबार गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग राख्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाललाई ज्ञापनपत्र बुझाएका थिए ।
लगानीकर्ताहरुले राष्ट बैंकले नियोजित रूपमा ल्याएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पूँजी बजारमा असर पारेको आरोप लगाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी