काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर धितो कर्जाको बिषयमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन नगरेको बताएका छन् । आज प्रतिनिधिसभामा साँसद प्रेम सुवालले सो विषयमा प्रश्न उठाएपछि अर्थमन्त्री शर्माले आफूले गभर्नरलाई फोन नगरेको बताएका हुन् ।
तर गत सोमबार भने अर्थमन्त्री शर्माले गभर्नरलाई फोन गरेर सेयर धितो कर्जाको सीमा खुकुलो बनाउन र सेयर बजारमा असर गर्ने खालका कुनै पनि नीति नबनाउन आग्रह गरेको समाचार बाहिर आएको थियो । सीमित व्यक्तिले लाभ लिने सेयर बजारको विषयमा अर्थमन्त्रीलाई किन यति धेरै चासो भनेर उनले जवाफसमेत मागेका छन् ।
‘सेयर बजारमा ३७ लाख बढी लगानीकर्ता छन्, एक सय जनाले मात्रै लाभ लिन्छन् भनेर अर्थमन्त्रीज्यूले नै भन्नु भएको थियो,’ साँसद सुवालले भने, ‘त्यसपछि सेयर बजार घट्यो, अर्थमन्त्रीले गभर्नरलाई फोन गरेपछि बढ्यो ।’
यस्तै उनले के सेयर बजार बढाउने जिम्मा अर्थमन्त्रीको हो ? कस्को स्वार्थको लागि अर्थमन्त्रीले फोन गर्नुभयो ? भनी पनि प्रश्न गरे । सुवालका प्रश्नहरुको जवाफ दिंदै अर्थमन्त्रीले भने, ‘मैले गभर्नरलाई फोन गरेको विषय समाचारमा आएता पनि त्यो सत्य होइन्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्