काठमाडौँ । कानुनविद्हरुले `लयर्स फोरम फर क्यापिटल मार्केट´ गठन गरेका छन् । पूँजीबजारको गैरकानुनी हर्कतमाथि कानूनी लगाम लगाउने उदेश्यसहित अधिवक्ता कपिल देव ढकालको संयोजकत्वमा `लयर्स फोरम फर क्यापिटल मार्केट´ गठन भएको हो ।
पूँजीबजारका कानुनी बिषयमा अध्ययन अनुसन्धान र पैरवी गर्ने, करिब आधा करोड लगानीकर्ताका पक्षमा कानूनी उपचारको खोजीगर्ने, पूँजीबजार सम्बन्धी कानुनी व्यवस्थाको सुधार र संशोधनमा दवाब दिने तथा नियामक र कम्पनीहरुको गैरकानुनी हर्कतमाथि कानूनी लगाम लगाउने काम गर्ने फोरमले जनाएको छ । संयोजक ढकालले राष्ट्र बैंक, अर्थ मन्त्रालय , धितोपत्र बोर्डलाई के भन्ने के नभन्ने अधिकार कानुनले दिएकोले त्यस भन्दा बाहिर गएमा उनीहरुको गैरकानुनी हर्कतमाथि कानुनी लगाम लगाउनु पर्ने बताए ।
साथै फोरमले कानुनमा कहाँ कहाँ सुधार गर्नु पर्नेछ, सुधार गर्नको लागि लबिङ गर्ने, सूचनाको हकको अधिकार प्रयोग गरेर सार्वजनिक निकायबाट सुचना माग गर्ने, संघीय संसदका विभिन्न समितिलाई क्षेत्राधिकारबारे सुझाव दिनेलगायतका कार्य गर्ने पनि उनले जानकारी दिए । संविधान, ऐन, कानुन, अधिकार, नीति , नियम सबै हुँदा पनि त्यसको महशुस नभईरहेको अवस्थामा फोरमले कानुनी तबरबाट यसलाई सुधार गर्न पहल गर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्